त्रिभुवन विमानस्थललाई अन्तर्राष्ट्रिय वायुसेवाले तिरेनन् अढाइ अर्ब।

0
432

७ मंसिर , काठमाडौं । नेपाल उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न सेवा उपभोग गरेबापत त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थललाई करिब २ अर्ब ५० करोड रुपैयाँ तिरेका छैनन् । नागरिक दैनिकमा समाचार छ ।

वायुसेवा कम्पनीहरुले यात्रुसँग उठाएको सेवा शुल्कसँगै उनीहरुले विमास्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण र विसान शुल्क, हावाई परिवहन शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क लामो समयदेखि नतिरेका हुन् । जब कि तिनै वायुसेवा कम्पनीहरुले नेपालमा उडान गरेर वर्षिक भन्डै ८० अर्ब रुपैयाँ आफ्ना देश लैजाने गरेका छन् ।

नेपालको उड्डयन बजार १ खर्ब रुपैयाँबराबर पुगिसकेको छ । यसमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको हिस्सा करिब १० प्रतिशत हाराहारी छ । वायुसेवा कम्पनीहरुलाई करिब साढे २ अर्ब रुपैयाँ नतिर्ने वातावरण भने त्रिभुवन विभानस्थलकै महाप्रबन्धक (प्रमुख) देवानन्द उपाध्यायले बनाइदिएका हुन् ।

साढे दुई वर्षदेखि त्रिभुवन विमानस्थल प्रमुखको जिम्मेवारीमा रहेका उपाध्यायले ‘विमानस्थल प्रमुखको जिम्मेवारीमा रहेका उपाध्यायले ‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ र ‘आर्थिक प्रशासन नियमावली २०५७’ लाई लत्याएका कारण रकम नउठेको हो ।