२०८३ असार ३० गते मंगलवार
२०८३ असार ३० गते मंगलवार

नयाँ प्रणालीबाट राहदानी वितरण सुरु, एक करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै एक करोड डेटा सार्ने काम सफलतापूर्वक सम्पन्न गरेको छ । विभागले आइतबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको हो । यस क्रममा करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ ।

यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनमा आएसँगै सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता र राहदानी वितरणमा सामान्य ढिलाइ देखिने विभागले जनाएको छ ।

यस्तो सम्भावित अवस्थालाई मध्यनजर गर्दै विभागको प्राविधिक टोली, कर्मचारी र प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ २४ सै घण्टा ‘स्ट्यान्डबाई’ रही निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागले यस्ता समस्याको शीघ्र र दीर्घकालीन समाधान गर्न आफू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विश्वास दिलाएको छ ।

नयाँ प्रणालीको सुरुवाती चरण भएकाले राहदानी अत्यावश्यक भएका सेवाग्राहीले मात्र अहिले आवेदन दिन विभागले हार्दिक अनुरोध गरेको छ । सेवाग्राहीको यो सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विभागको अपेक्षा छ ।

साथै, राहदानी सेवासम्बन्धी कुनै पनि भ्रममा नपरी विभाग वा मन्त्रालयको आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन सम्पूर्ण सेवाग्राहीमा अनुरोध गरिएको छ । विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।