कांग्रेसका इमान्दार कार्यकर्ताले यसपाली वाम गठबन्धनलाई भोट हाल्छन्ः महरा

0
321

मंसिर १२,दाङ । पूर्र्व अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले यसपालीको निर्वाचनमा नेपाली काङ्ग्रेसका ईमान्दार कार्यकर्ता तथा समर्थकले वाम गठबन्धनको पक्षमा मतदान गर्ने बताएका छन् ।

नेता महराले नेपाली काङ्ग्रेसको नेतृत्वसँग विकासको भिजन नभएको दावी पनि गरे चुनावी अभियान अन्तर्गत आज दाङको दुधरासमा घरदैलोमा सहभागी भएका महराले नेपाली जनताको भित्री चाहना नै विकास र समृद्वि भएको र यसको पक्षमा रहेका उम्मेदवारलाई मतदान गर्न मतदातालाई ेउनले अपिल समेत गरे ।

बितेका दश वर्ष आफुले संबिधान निर्माणमा ध्यान एवं समय खर्चेको अब भने आफ्नो एजेण्डा बिकास र समृद्धी रहेको महराले बताए साथै उनले दाङ जिल्लाको नौ वटै स्थानमा बाम गठबन्धनले जित्ने पनि दाबी गरे ।