आयोगले मागेको २४ घण्टे स्पष्टिकरणमा एमालेको यस्तो जवाफ

0
384

मंसिर १३,काठमाडौँ । निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्नका लागि नेकपा एमाले प्रतिबद्ध रहेको बताएको छ। विभिन्न दैनिक पत्रिकाहरुमा नेकपा एमालेले पार्टीलाई भोट माग्दै विज्ञापन छपाएको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण माग गरेका छन्।

‘आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्छ,’ प्रवक्ता विष्णु रिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनका सबै कार्यक्रम र प्रचार कार्यहरू निर्वाचन आयोगले तोकेको आचारसंहिता भित्रै रही सञ्चालन गरिरहेको पार्टीले विज्ञप्तिमा दाबी गरिएको छ ।

विज्ञापन पार्टी आफैले भन्दा पनि पार्टीका शुभचिन्तकहरुले छपाएको पनि स्पष्ट पारेको छ ।