२०८३ श्रावण १५ गते शुक्रबार
२०८३ श्रावण १५ गते शुक्रबार

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार मृत्यु भएको हो ।

दूतावासले उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाउँदै तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल फिर्ता पठाउनेलगायत आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी पूरा गर्ने जनाएको छ ।

यसैबीच, दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षासम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्न तथा सुरक्षित स्थानमा रहन आग्रह पनि गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।