२०८३ कार्तिक १५ गते शनिबार
२०८३ कार्तिक १५ गते शनिबार

रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट : एक जनाको मृत्यु, ६ घाइते

रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान ११ बजे आमाछोदिङमो गाउँपालिका-३ मान्चेटमा रहेको सेनाको पोस्टभित्र विस्फोट हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अनिल थापाले जानकारी दिए।

उनकाअनुसार विस्फोटमा परी ७ जना घाइते भएका थिए। जसमध्ये एक जनाको मृत्यु भएको हो। आमाछोदिङमो-४ का स्थानीय तथा उक्त हाइड्रोमा कार्यरत सोनाम घलेको मृत्यु भएको हो।

डीएसपी थापाका अनुसार लाङटाङ भोटेकोशी हाइड्रोपावरका लागि प्रयोग हुने केही विस्फोटक पदार्थ डिस्पोज गर्न सेनाको पोष्टमा लगिएको थियो। त्यही क्रममा बिस्फोट भएको हो।

यस घटनामा परी घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले बताए।

त्यस्तै दुई जना सैनिक र एक जना कर्मचारीको उपचारका लागि हेलिकप्टरबाट काठमाडौंस्थित सेनाको छाउनी अस्पतालमा ल्याइएको उनले बताए।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतले हाइड्रो प्रोजेक्टको म्याद गुज्रेको विस्फोटक पदार्थ नष्ट गर्नेक्रममा विस्फोट भएको बताए।

 

 

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।