कञ्चनपुरका बाम उमेदवार हराउन केपी ओली नै सक्रिय !

0
2257

कञ्चनपुर, १५ मंसिर महाकाली नदीमा बन्न लागेको चार लेनको पक्की पुलको डिजाइन परिवर्तन गर्ने कुरा बाम गठबन्धनको स्थानिय घोषणापत्रमा लेखाएर कञ्चनपुर क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार दीपकप्रकाश भट्टलाई हराउन स्वयं एमालेका माधव नेपाल र केपी ओली समूह नै लागेको रहस्य खुलेको छ । पुलको डिजाइन नै परिवर्तन गर्ने कुरा घोषणा पत्रमा लेख्न लगाउने र मतदाता माझ यो कुरा लगेर माहौल भट्टको विपरित सिर्जना गरेर कञ्चनपुरबाट उनको पत्तासाफ गर्न नेपाल र ओली पक्ष न्वरान देखिको बल लगाएका छन् ।

भट्ट माधव नेपाल पक्षका भए पनि कञ्चनपुरका नेपाल पक्षिय नेताहरुले उनको उम्मेदवारीलाई सहज रुपमा लिन सकेका छैनन् ।भट्टलाई टूरिष्ट उम्मेदवारको संज्ञा दिइरहेका एमाले स्थानिय नेताहरु कुनै पनि हालतमा उनलाई जित्न नदिने अभियानमा लागेका छन् । भट्टले जिल्ला स्तरमा काम गरेर जनताको सुखदुखमा साथ नदिएर सिधै माथिबाट टिकट ल्याएर आएको आक्रोस स्थानिय नेताहरुलाई छ । भट्टको उम्मेदवारी प्रति माधव नेपाल पक्षिय पुर्व पत्रकार र प्रदेश सभाका आकांक्षी खेम भण्डारी लगायतको समूह समेत सन्तुष्ट हुन सकेको छैन् ।

भण्डारीकै सल्लाहमा पुलको डिजाइन परिवर्तन गर्ने कुरा उठाउने र त्यसबाट उत्पन्न विवादले भट्टलाई हराउने योजना बनेको एमाले स्रोतले बताएको छ । भट्टलाई कार्यकर्ता नचिन्ने, मतदाता नचिन्ने, भूगोल नै थाहा नभएको र जिल्लामा कुनै योगदान नै नदिएको व्यक्तिलाई टिकट दिएको भन्दै स्थानिय नेता नेतृत्व प्रति पनि सन्तुष्ट छैनन् । त्यसैगरि केपी ओली पक्षिय नेत्री निरु पाल लगायतका नेता तथा कार्यक्रता समेत भट्टलाई भित्री रुपले हराउने कसरतमा लागेका छन् । पुलको डिजाइन परिवर्तन गर्ने कुराको विपक्षमा स्वयं एमाले नेताहरुले समाजिक संजाल मार्फत धारणा सार्वजनिक गरिरहेका छन् ।बाम गठबन्धनका साझ उम्मेदवार भनिए पनि कञ्चनपुरका सम्पूर्ण एमाओवादी नेता तथा कार्यकर्ता क्षेत्र नम्बर १ की एमाओवादी उम्मेदवार विना मगरलाई जिताउन उतै खटिएपछि भट्ट सानो समूहका साथ प्रचार प्रसारमा जाने गरेका छन् ।

८७ हजार दुई सय मतदाता रहेका क्षेत्र नम्बर ३ को जित हारको निर्णायक हुने दोधरा चाँदनीका मतदाता पुलको डिजाइन परिवर्तन गर्ने एमालेको लिखित घोषणा पछि तर्सिएका छन् । बल्ल बल्ल नेपाली कांग्रेसका नेता एवं त्यस क्षेत्रका सभासद् रमेश लेखकको प्रयासमा ३ अर्ब रुपैयाको लागतमा बन्न लागेको चार लेनको पक्की पुल कतै डिजाइन विवादकै कारण नबन्ने त होइन भन्ने दुविधा दोधरा चादँनीबासीमा छ । महाकाली नगरपालिका ७ का कालुराम भट्टले भने, ‘ बर्षौदेखिको सपना बल्ल पुरा होला कि भन्ने लागेको छ । त्यसमा पनि भाजो हाल्नेलाई हामी मतदान त के नाम लिन पनि चाहदैनौ ।

҆ पार्टीबाट र मतदाता दुबै पक्षबाट साथ नपाएपछि भट्ट घरका न घाटका भएका छन् । आफ्नो पनि पुर्खैउनी घर बैतडी भएकाले केही मत त्यसका आधारमा पाउने आशा गरेका भट्टलाई त्यसमा पनि सफलता पाउने अवस्था नरेहेको स्थानियवासी बताउँछन् । क्षेत्र नम्बर ३ मा बसोबास गर्ने पुर्खेउली बैतडी भएका अधिकांश परिवारले भट्टलाई चिन्दैनन् ।उनी नेताहरु भन्ने कुरा थोरैलाई मात्र थाहा छ । यसको सबै फाइदा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं क्षेत्र नम्बर ३ का उम्मेदवार रमेश लेखकलाई हुने स्थानियवासी बताउछन् । भिमदत्तनगर पालिका ६ का गरिमा मल्लले भनिन, ‘ नामै नसुनेका नेताले हाम्रो विकास गर्लान भन्ने कुनै विश्वास नै छैन । त्यसैले अहिले नेता लेखकको विकल्प नै छैन । ҆