२०८३ भाद्र २ गते मंगलवार
२०८३ भाद्र २ गते मंगलवार

सत्ता पक्षकै सांसद सरकारविरुद्ध खनिएपछि सांसद राईको व्यंग्य- प्रतिपक्षको जागिर खोसियो

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्ता पक्षका सांसदहरू आफ्नै सरकारप्रति बढी आक्रामक देखिएको भन्दै व्यंग्य गरेका छन् ।

मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षका सांसदहरूले सरकारमाथि कडा प्रश्न उठाउन थालेपछि प्रतिपक्षको भूमिका नै ओझेलमा पर्न थालेको बताए ।

सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री तथा प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर जनहितका काममा लाग्नुपर्नेमा उनले जोड दिए ।

सरकार गठन भएको चार महिना बित्न लाग्दा पनि ठोस गति लिन नसकेको भन्दै उनले असन्तुष्टि जनाए । जनताले स्थिरता र विकासका लागि नयाँ शक्ति तथा वर्तमान गठबन्धनलाई विश्वास गरेको स्मरण गर्दै उनले सरकारले पाँच वर्षको कार्यकाल पूरा गरेर परिणाम दिनुपर्ने बताए ।

‘अहिले प्रतिपक्ष ओझेलमा परेको जस्तो देखिन्छ । सत्ता पक्षले नै प्रतिपक्षको जागिर खोसेर खाइदिन खोज्दैछन् । सरकारलाई हामीले भन्दा कडा प्रश्न सत्ता पक्षकै माननीयहरूले सोधिरहनुभएको छ,’ उनले भने ।

सरकारले गति लिन नसकेको र आफ्नै सांसदहरूको चित्त बुझाउन नसकेको अवस्था देखिएको उनले बताए ।

‘दुई तिहाइ नजिकको बहुमत भएको सरकारले सही ढंगले काम गर्नुपर्छ । यस्तो खिचातानी र नैराश्यता देखिनु जनताका लागि दुर्भाग्य हो । हामी चाहन्छौँ यो सरकार टिकोस् र काम गरोस् । तर चार महिना नपुग्दै मान्छेहरूमा नैराश्यता आउनु सुखद् संकेत होइन,’ राईले भने ।

मुलुकमा देखिएको ग्यास अभाव तथा बजारमा देखिएका समस्याबारे समेत बोल्दै सांसद राईले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।

उनले जनताका दैनिक समस्यालाई प्राथमिकतामा राखेर सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।