चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्बजनिक

0
242

मंसिर १६,काठमाडौ। केकी अधिकारी र नाजिर हुसेन स्टार चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्बजनिक भएको छ । यो चलचित्र मधेशमा रहेको दाइजो प्रथा बिषयबस्तुको वरीपरीमा आधारित रहेको छ।

नाजिर हुसेन राज्जा र केकी अधिकारी रानीको रुपमा यो चलचित्र प्रस्तुत भएका छन् । नाजिर र केकीको अलावा चलचित्रमा कामेश्वर चौरासिया,संगीता नापित, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, अनोज पाण्डे लगायतको अभिनय रहेको छ ।

याम थापाको लेखन र निर्देशन रहेको चलचित्र ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत रहेको छ भने फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन्।

चलचित्रको प्रर्दशन मिति पौष २१ गतेलाई तोकिएको छ । ‘राज्जा रानी’ले मधेशको कथा निकै मज्जाले बोलेको र आफु यस चलचित्रबाट निकै आशावादी रहेको नायिका केकी अधिकारीले बताइन्