सरकारले लगातार ५ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबारदेखि मंगलबारसम्म लगातार बिदा हुने भएको हो।
सरकारको निर्णयअनुसार भदौ १९ गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा परेको छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित सार्वजनिक बिदा छ।
यस्तै, भदौ २२ गते रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा शोक बिदा दिने निर्णय गरिएको छ। त्यसको भोलिपल्ट भदौ २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ।
यससँगै भदौ १९ गते शुक्रबारदेखि २३ गते मंगलबारसम्म लगातार पाँच दिन सरकारी तथा सार्वजनिक कार्यालय बन्द रहनेछन्।










