२०८३ आश्विन २४ गते शनिबार
२०८३ आश्विन २४ गते शनिबार

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ ।

१३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पांग्रामा सामान्य समस्या देखिएको र सबै सकुशल रहेको जानकारी दिइन् ।

अहिले सो जहाज धावनमार्गमै रहेको छ । प्राविधिकहरुले जाँच गरिरहेको उनले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिल राज गिरीले आज बिहान ८:२५ बजे जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको बताए ।

उनका अनुसार सो जहाजमा ७ जना विदेशी र ६ नेपाली गरी १३ जना यात्रु थिए । तीमध्ये पुरुष ११ जना र महिला दुई जना थिए । उनीहरु सबै सकुशल रहेको डिएसपी गिरीले जानकारी दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।