२०८३ आश्विन १४ गते बुधबार
२०८३ आश्विन १४ गते बुधबार

नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ: प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे यस्तो धारणा राखेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा अन्य विपद्का समयमा भारत सरकारले गरेको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गरे ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराए । उनले नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति विशेष धन्यवाद व्यक्त गरे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।