बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए ।
जिल्लामा अविरल वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने विपद् परी एक जना बेपत्ता भएका छन् । शनिबार तारा खोलामै एक जनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दाम्पत्य जीवन सुमधुर रहनेछ। आपसी कुराकानीले समस्याहरु सुल्झिनेछन्। रोजगारीलाई लिएर समस्या आउनेछ सचेत रहनुहोला । साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आत्मविश्वासको साथ गरिएको काममा सफलता मिल्नेछ। विरोधीहरूले काममा बाधा पुर्याउने कोसिस गर्नेछन्। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सरकारी योजनाहरूको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)घरपरिवारको साथ मिल्नाले कार्यक्षेत्रमा प्रगति हुनेछ। कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। वित्तीय वा सहकारी संस्था आदिमा ऋण आदिको प्रक्रियामा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिल्नेछ। आफ्ना निजी सम्पर्कबाट रोकिएको काम बनाउन सकिनेछ। शुभ कार्यको चर्चा हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नँया योजना प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस्। वकालत वा प्रशासनिक क्षेत्रमा हजुरको बोली प्रभावशाली रहनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आत्मविश्वासमा वृद्धि हुनेछ साथै धैर्य वा पराक्रमको साथ काम गर्नुहोस् सफलता मिल्नेछ। बनाइएका नयाँ योजनाहरू प्रभावित रहनेछन्। नयाँ कार्यप्रति उत्साह जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)कार्यक्षेत्रमा अरुको भरमा ढुक्क नपर्नुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। सकारात्मक सोचको साथ योजनाहरू बनाउनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तारिफ योग्य कार्य गर्दै अरूको मन जित्न सकिनेछ। शेयर बजारबाट लाभ रहनेछ | आफूभन्दा ठूला प्रति आत्मीयता बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आश्वासन दिनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतीहरूका लागि समय निकै उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षी कार्यको शुभारम्भ गर्ने समय रहेको छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तान र आफन्तहरुबाट भनेजस्तो सहयोग नमिल्ला। दिगो फाइदा हुने कार्य सम्पादन हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अवसरको लाभ उठाउन नसकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औ महाधिवेशन मार्फत देश भरी झन्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् ।
पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झन्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको काँग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए । उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी नै पाएको इतिहासमै पहिलो पटक भएको दाबी समेत गरेका छन् ।
नयाँ विधानमा हरेक वडाबाट ३५ वर्ष मुनिका एक महिलासहित कम्तीमा ती युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन् । तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जना सम्म निर्वाचित हुन सक्ने व्यवस्था छ । त्यो अनुसार औसतमा ५ जना निर्वाचित हुन्छन् भन्ने मान्दा ३३ हजार ७१५ जना ३५ वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन् ।
त्यसैगरी हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ । नेपालमा अहिले गाउँपालिका तर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिका तर्फ ३ हजार ५२८ वडा रहेका छन् । त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरूमा ३ हजार ५२८ मा दुई जनाको दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन् ।
यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदीय जिम्मेवारी लिएका छन् ।
ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर सङ्ख्यामा प्रतिश्पर्धीहरु रहेकाले कांग्रेसको अधिवेशनमा झन्डै एक लाख युवाले महाधिवेशनमा प्रतिस्पर्धा गरेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले जनाएका छन् ।
तीनै क्षेत्रीय प्रतिनिधिहरूबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा २ जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुदैछन् ।
त्यसैगरी तीनै क्षेत्रीय प्रतिनिधिहरु मध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित ३ जनाको दरले देशभरिबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।
नयाँ विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित २ जना प्रदेश प्रतिनिधि हुने छन् भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन् ।
केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन् ।
पार्टीमा यती ठुलो सङ्ख्यामा युवाहरूले पदीय जिम्मेवारी नै लिएको र एक लाखभन्दा बढीले उम्मेदवारी दिएर प्रतिस्पर्धी गरेकोले कांग्रेसको संगठनमा युवाको दबदबा ह्वात्तै बढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताए । काँग्रेस अव पुरै युवामय पार्टी भइसकेको उनको भनाई छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ। आइतबार बिहानैदेखि नदीले कटान गर्न थालेपछि उनले घरका सामान निकालेर सडकमा थुपारेका छन्। तर ती सामान बोकेर कहाँ जाने भन्ने टुङ्गो उनले अझै पाउन सकेका छैनन्।
“करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था रहेन,” सामान सार्दै गरेका गमबहादुरले भक्कानिँदै भने, “वैदेशिक रोजगारीबाट जोडेको एक रोपनीभन्दा बढी जग्गा र २० वर्षदेखि बस्दै आएको घर छाडेर हिँड्नुपरेको छ।”
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने आठ घरपरिवारको बसोबास रहेको तिल्केनीचौर कुनै समय पर्यटकीय तथा व्यापारिक केन्द्रजस्तै थियो। स्थानीय परिकारका लागि चर्चित यहाँका रेस्टुरेन्ट असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले उजाडिएका छन्।
अर्का रेस्टुरेन्ट व्यवसायी गोपाल भण्डारी पनि जीवनभरको कमाइले बनाएको घर छाड्न बाध्य छन्। नदीले धार परिवर्तन गरी खेलमैदानको ८० प्रतिशत भाग कटान गर्दै घरछेउबाट बग्न थालेको छ। “पचास मिटर टाढा बगिरहेको नदी एक्कासी बस्तीमा आउला भन्ने कल्पना पनि थिएन,” भण्डारीले भने।
तिल्केनीका चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङ दुई दशकदेखि गर्दै आएको व्यवसाय छाडेर गलेश्वर सरेका छन्। स्थानीय हरि चन्दका अनुसार घुमाउने तालनजिकै कालीगण्डकीले कटान गरेपछि मानिसहरू रातभर डाँडाका कुखुरा फार्ममा सुत्न थालेका छन्। बाढीले घुमाउने ताल र पर्वतको जलजला जोड्ने झोलुङ्गे पुल बगाएपछि खानेपानीको पाइपलाइन फुटेर खानेपानीको अभाव हुनुका साथै आवतजावत ठप्प बनेको छ।
बाढी र कटानका कारण गत सातादेखि परीक्षण उत्पादन सुरु गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको उत्पादनसमेत बन्द भएको छ। कालीगण्डकीले धार परिवर्तन गरेर टेलरेस र स्वीचयार्ड नजिकैबाट बग्न थालेपछि उत्पादन बन्द गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए। बाढीले बेनी–जोमसोम सडक खण्ड बगाउनुका साथै भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएट्सका करिब २० वटा सवारीसाधन र उपकरण बगाएको छ।
यसैगरी कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गममा रहेको पवित्र राममन्दिर क्षेत्रसमेत जोखिममा परेको छ भने माथिबाट खसेको लेदो र पहिरोले राहुघाटका २१ घरपरिवार जोखिममा परेका छन्।





