हार स्विकार्दै काँगेस नेता चन्द्र भण्डारीले लेखे मार्मिक पत्र ।

0
3561

मंसिर २४ काठमाण्डौं । नेपाली काँग्रेसका युवा नेता चन्द्र भण्डारीले निर्वाचन परिणाम स्विकारर्दै आम मतदाता प्रति अनुग्रीहित रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लामो भनाई सार्वजनिक गर्दै आफुले बिगतमा जनतामाझ गरेका बाचा पुरा गरेको भन्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले जारी गरेको पत्र तल जस्ताको तस्तै साभार गरिएको छ ।

आदरणिय मतदाता महानुभवहरु ,
विगत चार बर्ष पहिले दोश्रो संविधान सभाको निर्वाचनमा सहभागी हुदा गुल्मेली जनता संग मैले दुइवटा एजेण्डा अगाडी सारेको थिए १. भाषण र गफको चौघेरामा घेरिेएको संविधान बनाउने ।
२. सिद्धबाबाको बैकल्पिक सडक निर्माण सुरु गर्ने ।
यी दुबै काम मैले पुरा गरेको छु ।
छोटो समयमा मैले गुल्मीमा शुरु गरेका विकास योजनाहरु नेपालका लागी नमूना हुने छन भन्ने कुरामा विश्वास लिएको छु । तथापी गुल्मेली जनताले मलाई दिएको मतको हार्दिक सम्मान गर्दै धन्यवाद ब्यक्त गर्दछु ।विश्वका महान साहित्यकार शेक्सपियरका अनुसार “ मानिस आफ्नो भौतिक शरिरको अन्त पछी जिवनत रहने कि नरहने” भन्ने महत्वपूर्ण प्रश्न उठाएका छन । म यस विचारमा सहमत छु । त्यसैले गुल्मीलाई सडक , पुल , तिनमुखे पुल ,खानेपानी , शिक्षा , स्वाथ्य , विधुतिकरण ,घरवार विहिनलाई घर बनाउदै गुल्मीलाई पर्यटन संग जोडदै नमूना जिल्ला बनाउने महान यात्रामा थिए । यसक्रममा जनताले दिएको मतले मलाई नयॉ तरिकाले सोच्न सहयोग गरेको छ।हामीले अगालेको प्रजातन्त्रमा जनताको मत नै सर्व स्विकार्य हुन्छ ।नेपाली काग्रेसको नेतृत्वमा कठिन घडीमा निर्माण भएको संविधान कार्यन्वयनको चरणमा स्थानिय तह देखी प्रदेश र संघको निर्वाचन सम्पन्न हुनु आफैमा खुसीको कुरा मात्र होइन , यसलाइ राष्ट्र र जनताको विजयको रुपमा लिनु पर्दछ । यस पक्रियामा सहभागी भै विजय हासिल गर्ने प्रतिनिधी सभा सदस्य लगाएत प्रदेश सभाका सदस्यहरुलाई बधाई दिन चाहान्छु । निष्पक्ष्य निर्वाचन गराउनका लागी सहयोग गर्ने निर्वाचन आयोग, कर्मचारी , दुबै प्रहरी संगठन , नेपाली सेना र निर्वाचनमा सहभागी जनतालाई हार्दिक धन्यवाद ।
साथीहरु ,
म दुस्खी छैन किनकी हामी जस्ता विकास उन्मुख देशका जनताले विकास ,राजनीति र नेतृत्वको सम्बन्धलाइ पुस्न परिभाषित गर्नु पर्ने आवश्यक्ता देखिन्छ । त्यसकालागी समय अनुसारको नेतृत्व काग्रेसलाइ आवश्यक भएको कुरा बर्तमान परिणामले प्रमाणित गरेकोछ । तथापी जितेको चन्द्र भण्डारी भन्दा मतबाट पराजित चन्द्र भण्डारी जनताको दुस्ख सुस्खमा साथ रहिरहने छु । विजय पराजय राजनीतिमा भइरहने प्रकृया हो त्यसैले जुन सुकै परिणामलाइ स्वभाविक रुपमा ग्रहण गर्नु पर्दछ । साथै संविधान कार्यान्वयनका लागी आउने समस्या समाधानको लागी जनताले दिएको स्थानमा बसेर काम गर्नेछु ।आशा छ अबका दिनमा जनताले निडर र स्वतन्त्र पुर्वक आफ्नो मत प्रयोग गर्न पाउने छन भने उमेदारले आफनो मत माग्दा कुनै बन्दी जस्तो बन्नु पर्ने छैन । विश्वासछ अबको सरकार, नेता र उनका कार्यकर्ताले हामीले बनाएको संविधानमा राखिेएको मौलिक अधिकारको पुर्ण पाठ गरी संविधानमा प्राप्त अधिकारको पालन गर्ने छन ।भोलीका दिनमा क्षमता विहिन नेतृत्व , कलम विहिन पत्रकारिता , काम बिना थोत्रा भाषणमा मत माग्ने प्रवृती को अन्त हुनेछ भने जनताले मतको सम्मान खोज्ने छन ।
पुनस् गुल्मेली जनतालाइ आभार प्रकट गर्न चाहान्छु ( जनताको इमान्दार भरिया बनी बोकिेएको बोजिलो भारी विसाउने अबसर दिनु भएकोमा ।साथै विजयी साथीहरु संग विश्वास छ गुल्मीलाइ नेपालको नमुना जिल्ला बनाउन थालिएका योजनाहरुले निरन्तरता पाउने छन।
निर्वाचनमा अहोरात्र खट्ने साथीहरु , प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया र सहयोग गर्ने सबैलाइ नमन।