२०८३ आश्विन १५ गते बिहीबार
२०८३ आश्विन १५ गते बिहीबार

इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्री बालेनले गरे छलफल

प्रधानमन्त्री बालेन्द्र साहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग मुलुकको पूर्वाधार विकासका सम्भावना र चुनौतीका विषयमा छलफल गरेका छन् ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री साहले सबै दलका इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग पूर्वाधार विकास, प्राकृतिक स्रोतको उपयोग, एकीकृत योजना, जलवायु परिवर्तन, खानी, सार्वजनिक खरिद ऐन तथा डिजिटल गभर्नेन्सलगायतका विषयमा छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले सांसदहरूले मुलुकको समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न सुझाव दिएको बताए ।

उनका अनुसार छलफलमा निश्चित निर्वाचन क्षेत्रको विकासभन्दा देशको समग्र पूर्वाधार विकासको योजनाका विषयमा सुझाव दिइएको थियो ।

सांसद ढकालले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने प्रणाली विकास गर्नुपर्ने प्रस्तावसमेत राखेका छन् । त्यसका लागि कुनै एक जिल्लालाई नमुना क्षेत्रका रूपमा छनोट गरी तीन सिफ्टमा काम गर्ने व्यवस्था लागू गर्न सकिने र सफल भए त्यसलाई देशभर विस्तार गर्न सकिने उनको सुझाव थियो ।

‘छलफलमा मैले लगभग ६ वटा विभिन्न विषयमा कुरा राखेँ । पूर्वाधार विकासमा तीन सिफ्टमै काम गर्नुपर्छ भन्ने कुरा राखेँ । त्यसका लागि कुनै एउटा जिल्लामा गरेर सफल भएको खण्डमा देशभर लागू गर्न सकिन्छ,’ ढकालले भने, ‘जसरी अहिले हामीले विपद्मा काम गर्‍यौं, त्यसैगरी सबै क्षेत्रमा तीन सिफ्टमा काम गर्ने भनेर प्रस्ताव राखेँ ।’

ढकालले जलवायु परिवर्तनका कारण देखिएको असर न्यूनीकरण तथा सुशासनका विषयमा समेत छलफलमा सुझावहरू प्रस्तुत गरिएको बताए ।

छलफलमा पूर्वाधार विकासलाई प्रभावकारी बनाउने, प्राकृतिक स्रोतको उचित उपयोग गर्ने तथा विकास निर्माणमा एकीकृत योजना र आधुनिक प्रविधिको प्रयोग बढाउने विषयमा समेत सांसदहरूले धारणा राखेका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।