२०८३ कार्तिक ४ गते मंगलवार
२०८३ कार्तिक ४ गते मंगलवार

विश्वकप लिग-२ : ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ । ओमानको अल अमेरत मैदानमा सोमबार सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध जित निकाल्दै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । जितका लागि पाएको २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ८० रन बनाएको थियो । नेपालका लागि देव खनालले ५७, रोहित पौडेलले ८० र दीपेन्द्रसिंह ऐरीले ६९ रन बनाए । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले १ सय २० बलमा १ सय ३९ रनको विशाल साझेदारी गरेका थिए । ओमानका लागि शाह फेसलले ५ विकेट लिए ।

 

जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रन बनाए । उनीहरुले दोस्रो विकेटका लागि १ सय ७४ बलमा १ सय ५८ रनको बलियो साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए ।

तर, १ सय ९० रनको स्थितिमा दोस्रो विकेट गुमेपछि नेपाली बलरहरूले लगातार विकेट लिँदै खेलमा शानदार पुनरागमन गरे । ओमानका हस्नैन शाहले २३ बलमा अविजित ४० रन जोड्दै टोलीलाई जिताउने प्रयास गरे पनि अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए ।

यो जितसँगै नेपाल ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।