२०८३ कार्तिक १५ गते शनिबार
२०८३ कार्तिक १५ गते शनिबार

अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने

अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने उद्धार डुङ्गा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी नियोगकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाल–अमेरिका साझेदारी तथा गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनःस्थापना र विपद् व्यवस्थापनमा अमेरिकाले गरिरहेको सहयोगबारे छलफल गरेकी हुन् ।

भेटका क्रममा बोल्डिनले बाढीपहिरोका कारण ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति समवेदना प्रकट गरिन् ।

उनले अमेरिकाले उपलब्ध गराउने हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने डुङ्गाले नेपालको विपद् प्रतिकार्य क्षमतालाई थप मजबुत बनाउने बताइन् । ती उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरु हुने जनाइएको छ ।

अमेरिकाले गतवर्ष ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम–२८ स्काइट्रक विमान नेपाललाई प्रदान गरेको थियो । ती विमानले विपद्पछिको उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएका छन् ।

अमेरिकी प्रविधि, उपकरण र विशेषज्ञतामार्फत नेपालमा खोज तथा उद्धार, बिरामीको आकस्मिक उद्धार तथा स्थानान्तरण र आपत्कालीन प्रतिकार्य क्षमता विस्तार गर्न सहयोग पुग्ने अमेरिकी पक्षले जनाएको छ । यसबाट विपद्का बेला मानवीय जीवन जोगाउन र प्रभावित समुदायलाई सहयोग गर्न नेपालको क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।