२०८३ कार्तिक १५ गते शनिबार
२०८३ कार्तिक १५ गते शनिबार

चक्रवात ‘अर्नब’को असर नेपालमा, कहाँ–कहाँ हुँदैछ भारी वर्षा र हिमपात?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेको छ । यसको प्रभावले बिहीबार मध्यरातदेखि देशका विभिन्न स्थानमा वर्षा हुन थालेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढेको छ ।

 

जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवात कमजोर हुँदै गए पनि त्यसको प्रभावले नेपालमा वर्षा, हिमपात र हावाहुरीको जोखिम कायमै रहेको छ ।

शुक्रबार देशभरको मौसम सामान्यतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । यी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको छ ।

वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ । किसानलाई धानबाली भित्र्याउने काम नगर्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।