नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओली निवास गुन्डुमा मंगलबार साँझ भएको भेटघाटमा मधेस प्रदेश सरकारका विषयमा छलफल भएको बताइएको छ । यस्तै, उनीहरुबीच समसामयिक विषय, सरकारको कार्यशैली र विकसित घटनाक्रमबारे छलफल भएको बताएको छ ।
मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ । तर एमालेले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन गत असोज २५ गते फिर्ता लिएको थियो ।

१०७ सदस्यीय मधेश प्रदेशमा जनता समाजवादी पार्टीका २७, एमालेका २३, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।











