सरकार बनाउने र टिकाउने दुबै पक्ष छलफलमा ब्यस्त

0
519

काठमाडौ, २ साउन । नयाँ सरकार गठनको गर्न अघि बढेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र सरकारमा रहेको एमाले छुट्टा छुट्टै राजनीतिक छलफलमा जुटेका छन् । कांग्रेस माओवादी गठबन्धन कसरी छिटोभन्दा छिटो सरकार बनाउने भन्नेमा लागेको छ भने एमाले नेतृत्वको गठबन्धन अविश्वासको प्रस्ताव सामना गरेर सरकार गठन पर धकेल्ने तयारीमा जुटेको छ । संविधानमा देखिएको अस्पष्टता सरकार गठनको व्यवस्थालाई आधार मानेर दुईटै पक्षले छलफल गरिरहेका छन् । आज पनि दुईटै गठनबन्धन आन्तरिक छलफलमा जुट्ने भएका छन् । भावी प्रधानमन्त्रीका लागि अघि सर्नु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी भित्र आन्तरिक छलफल गर्नु भएको छ । बिहान प्रचण्ड निवास लाजिम्पाटमा केही नेताहरुसँग आन्तरिक छलफल गरेपछि दिउँसो कांग्रेस सहितको बैठक बस्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पनि गठबन्धनमा रहेका दलहरुसँग आज आन्तरिक छलफल गर्नुहुनेछ । छलफलको समय तय गरिएको छैन ।