रियो ओलम्पिक आजदेखि सुरु

0
315

ब्राजिल ।  विश्व खेलकुदको महाकुम्भ रियो ओलम्पिक खेलकुद आजदेखि सुरु हुँदैछ । ओलम्पिक को ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ । गृष्मकालिन ओलम्पिकको यो संस्करण ऐतिहासिक मराकाना रंगशालामा विशेष समारोहकाबीच भव्य उद्घाटन हुँदैछ । १७ दिनसम्म चल्ने रियो ओलम्पिकमा अहिलेसम्मकै बढी २ सय ७ राष्ट्रका १० हजार ५ सय खेलाडीले ३१ खेलका ३ सय ६ बिधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट ७ जना खेलाडीले भाग लिएका छन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीको झण्डा बोक्ने यो टोलीमा दक्षिण सुडानका ५, सिरिया र प्रजातान्त्रिक गणतन्त्र कंगोका दुई÷दुई तथा ईथियोपियाका एक शरणार्थी रहेका छन् । रियो ओलम्पिकमा अमेरिकाले सबैभन्दा बढी ५ सय ५४ खेलाडी ब्राजिल पठाएको छ । ओलम्पिकमा सहभागि १० हजार ५ सय खेलाडीमध्ये नेपालकी पौडी खेलाडी गौरीका सिंह सबैभन्दा कान्छी खेलाडी हुन् ।