प्रध्यापकहरुले भट्टाभट राजीनामा दिए

0
769

 चितवन, ६ भदौ ।  स्थानीय प्रशासनले सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गर्ने र निजी एवम् अन्य सामुदायिक क्याम्पसमा पढाउन जाने प्रचलन बढेपछि प्राध्यापक माथि कारबाही प्रक्रिया सुरु गरेको छ। एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन् । निगरानी बढाएसँगै भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पुराना सातजना प्राध्यापकले राजीनामा दिएका छन् । सहायक क्याम्पस प्रमुख धर्मराज घिमिरेका अनुसार क्याम्पसको स्थापनादेखि नै कार्यरत प्राध्यापकले समेत राजीनामा दिएका छन् । त्यसैगरी भरतपुरकै मैयादेवी कन्या क्याम्पसका दुई पूर्व क्याम्पस प्रमुखसहित पाँचजनाले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख कृष्ण न्यौपानेका अनुसार वीरेन्द्र क्याम्पसमा एउटै सिफ्ट परेपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिएलगत्तै राजीनामा स्वीकृत गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलले बताउनुभयो । स्थापनाकालदेखिका प्राध्यापक भएकाले धेरै सुविधा खाने प्राध्यापकले छाडेसँगै क्याम्पसको व्ययभारमा समेत कटौती भएको छ ।