२०८१ माघ ९ गते बुधबार
२०८१ माघ ९ गते बुधबार

भक्तपुरमा बाहिरबाट ताला लगाइएको कोठामा बाबु छोरा मृत फेला

भक्तपुरमा बुवा–छोरा मृत भेटिएका छन् । सोमबार बिहान सूर्यबिनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेका हुन् । खोटाङको रूपाकोट मजुवागढी नगरपालिका– १ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन् ।

दुवै कोठा बाहिरबाट ताला लगाइएको थियो । कोठाभित्र अचेत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट टोली खटिएको थियो । डिएसपी न्यौपानेका अनुसार उनीहरूमाथि धारिलो हतियार प्रयोग पाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।