२०८३ आश्विन ७ गते बुधबार
२०८३ आश्विन ७ गते बुधबार

बालकोट हत्या : मिलनले स्वीकारे बाबु र भाइको हत्या

भक्तपुरको बालकोटमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोरा प्रहरीमा आत्मसमर्पण गर्दै अपराध स्वीकार गरेका छन् । खोटाङ रूपाकोट मजुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या प्रकरणमा जेठो छोराले आत्मसमर्पण गरेका हुन् ।

उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए । उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो ।
डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका हुन् ।

मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सो क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए । सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो । त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १ स्थायी घर भएका उनीहरू बालकोटस्थित फिकाधारा डेरामा बस्दै आएका थिए । मिलन र उनका भाइ प्रवीण डेरामा बस्ने भए पनि हालै उनका बाबु कुलप्रसाद आचार्य पनि सोही डेरामा आएका थिए । कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख समेत थिए । उनी काम र छोराहरू भेट्न भक्तपुर आएका थिए ।

गत शनिबार उनीहरू डेरामा खाना खाएर सुतेका थिए । तर सोमबार बिहानसम्म पनि डेराको ढोकामा बाहिरबाट लगाएको ताला नखुलेपछि भुइँ तलामै डेरामा बस्नेहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक बयानमा मिलनले आफूले धेरै पटक लोकसेवा आयोगको परीक्षा दिए पनि सफल हुन नसकेको बताएका छन् ।

‘मैले धेरै पटक लोकसेवा आयोगमा परीक्षा दिएँ तर ५–६ पटकसम्म फेल भएँ,’ मिलनले भनेका प्रारम्भिक बयानबारे जानकारी दिँदै प्रहरी स्रोतले भन्यो, ‘बुवा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो ।’ बाबु र भाइको हत्या गरेको स्वीकारेको बताउँदै प्रहरीसँग मिलनले आफूले पनि मर्ने प्रयास गरेको बताएका छन् । घटनाबारे प्रहरीले थप जानकारी लिने काम गरिरहेको छ । उनका बाबु र भाइको शव डेराबाट त्रिवि शिक्षण अस्पताल लगेर राखिएको छ ।

लोकप्रिय

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।