२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

सहकारी प्रकरण : आज होला त रविको बयान ?

 पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको वयान आज (बिहीबार) पनि जारी रहने भएको छ ।हिजो सार्वजनिक बिदा परेकाले बयान भएको थिएन । कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो।

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान भइरहेको छ । अहिलेसम्म गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ । मंगलबार प्रतिवादी लिला पछाईंको बयान सुरु भएको थियो ।

उनको बयान नसकिएकाले आज पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएकाले रवि लामिछानेको बयान हुने सम्भावना पनि न्यून रहेको अधिकारीले बताए । प्रतिवादीहरुको बयान नसकिएकाले थुनछेक बहस सुरु हुन सकेको छैन । पछाईंको बयान बाँकी रहेकाले आज पनि उनकै बयान जारी रहने सूचना अधिकारी अधिकारीले बताए ।

‘उहाँको बयान आज सकिएर अर्का प्रतिवादीको सुरु हुने सम्भावना छ’, उनले भने । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु होला भन्ने प्रश्नमा भने अधिकारीले यो निश्चित नभएको बताए । ‘यो अहिले भन्न सकिने कुरा होइन, उहाँकै पनि हुनसक्छ, अर्का प्रतिवादीको पनि हुन सक्छ’, उनले भने, ‘किनकि अझै ३ जना हुनुहुन्छ।’ सो प्रकरणमा अब लामिछानेसहित रामबहादुर खनाल र कृष्ण गुरुङले बयान दिन बाँकी छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।