असोज ६ बगदाद बिबिसी । इस्लामिक अतिवादी समूह आइएसले इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ । इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको वीवीसीले जनाएको छ । आक्रमणबाट कुनै क्षति भने भएको छैन । सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आएका छन् । इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको हो ।