तालीवानका उच्च नेताको मृत्यु ।

0
676

 पाकिस्तान, ९ असोज । पाकिस्तानी तालिवान समूहका उच्च नेता अजाम तारिकको अफगानिस्थानको पूर्वी क्षेत्रमा अवस्थित पक्तिका राज्यमा मृत्यु भएको  बताएको छ । अफगानी सुरक्षाकर्मीले शनिबार अपराह्न चलाएको सुरक्षा कारबाहीमा तालिवानी नेता तारिकसहित अन्य चार पाकिस्तानी तालिवान नेताको मृत्यु भएको उक्त समूहले पाकिस्तानी सञ्चारमाध्यमलाई जानकारी दिएको बताइएको छ । तालिवान स्रोतका अनुसार कारबाहीमा तारिकसहित उनका एक छोराको पनि मृत्यु भएको छ । मृत्यु भएका तालिवानी नेता तारिकले यसपूर्व तेहरिक–ए–तालिवान, पाकिस्तानको प्रवक्ताको रुपमा काम गरेका थिए।