मावबादी केन्द्रको राष्ट्रिय  भेला अर्को महिनामा ।

0
1164

काठमाडौं ,१० असोज ।   नेकपा माओवादी केन्द्रले अर्को महिना राष्ट्रिय भेला बोलाएको छ । माओवादी हेडक्वाटरको सोमबार बिहान बसेको बैठकले कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । भेलाले पार्टीको नयाँ राजनीतिक कार्यदिशा तय गर्नेछ । पुसमा गर्ने भनिएको पार्टी महाधिवेशन नयाँ सरकार गठनसँगै स्थगित भएपछि भेला आयोजना गर्न लागिएको हो । भेलामा अध्यक्ष प्रचण्डले पार्टीको नयाँ कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । हालको जम्बो महाधिवेशन आयोजक समितिलाई नै कायम राख्ने कि नयाँ संरचना बनाउने भन्ने विषयमा पनि भेलाले निर्णय लिने छ । हालको झण्डै २५ सय जनाको महाधिवेशन आयोजक समितिलाई घटाउन माओवादी केन्द्रभित्र दबाव छ ।