इजरायली पूर्वराष्ट्रपति पेरेजको निधन ।

0
370

  इजरायल, १२ असोज ।  ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री ,नोवेल शान्ति पुरस्कार विजेता  शिमोन पेरेजको बुधबार निधन भएको छ । दुई साता अघिदेखि सिकिस्त विरामी भएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले जानकारी दिए। पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थिए भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा क्रियाशिल थिए। प्यालेस्टिनीसँग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।  उनको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका छन् ।  अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उनलाई स्मरण गरेका छन् ।