नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै ।

0
397

काठमाडौ, २ कात्तिक । आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा उपविजेता बनेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदैछ । टोली दिउँसो पौने दुई बजे काठमान्डु आईपुग्ने छ । हङकङमा सम्पन्न प्रतियोगितामा सबै खेल खेलेको नेपालले तीनखेलमा जित हात पारेको थियो । पाँच खेल जितको थाईल्याण्ड विजेता बन्दै विश्वकप छनौटको अर्को चरणमा पुगेको छ ।नेपाल भने उपविजेता बन्दै एसिया कपमा छनौट भएको छ । प्रतियोगितामा नेपाल सहित आयोजक हङकङ, थाईल्याण्ड र चीन सहभागी थिए ।