चितवनमा भ्यान दुर्घटना १७ घाईते ।

0
328

चितवन, २ कात्तिक । चितवनको दारेचोक गाबिसमा पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्र्तगतको दारेचोकको ईच्छाकामनाबाट फिस्लिङतर्फ आउँदै गरेको ग २ च ३८१५ नम्बरको बोलेरो पिकअप गएराति साढे ९ बजे दारेचोक स्थित चयबुनमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।