२०८१ पुष २९ गते सोमबार
२०८१ पुष २९ गते सोमबार

संखुवासभामा भूकम्पबाट एक घरमा क्षति

 चीनको तिब्बत केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ।

आज बिहान चीनको तिब्बत केन्द्रविन्दु बनाएर आएको भूकम्पबाट भोटखोला –१ किमाथाङ्कामा तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए।  भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको उनको भनाइ छ। 

भूकम्पले शेर्पाको दुई तले ढुङ्गा टिनको छानो भएको घर चिरा परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। शेर्पाको घरमा ७ जनाको परिवार बस्दै आएका थिए। भूकम्पबाट अहिलेसम्म मानवीय  क्षतिको सूचना नआएको र विवरण सङ्कलनका लागि स्थानीय तह,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको प्रजिअ खड्काले बताए।

चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा सदरमुकाम खाँदबारी आसपास ठुलो धक्का महसुस गरिएको थियो।  भूकम्पबाट किमाथाङ्का नाकापारी सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको भोटखोलाका स्थानीयले बताएका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।