२०८२ असार २४ गते मंगलवार
२०८२ असार २४ गते मंगलवार

लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।

मोरङको रंगेली नगरपालिका–२ स्थायी घर भएका र काठमाडौँमा बस्दै आएका ४३ वर्षीय अनिल पोखरेल नेकपा(एमाले) मोरङ जिल्ला सदस्य हुन्।

मोरङ प्रहरीका अनुसार पोखरेलमाथि ठगीको गम्भीर आरोप लागेको छ। अनिलले सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा निवासी ५७ वर्षीय बौआलाल चौधरीसँग छोरीलाई एबीबीएस अध्ययनका लागि नाम निकालिदिने बहानामा विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।

ठगी प्रकरणमा उच्च अदालत विराटनगरले प्रहरीलाई अनुसन्धानका लागि आदेश दिएको थियो।

सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएपछि स्वकीय सचिव अनिल पोखरेललाई जिम्मेवारीबाट हटाएका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।