न्युनतम पारिश्रमीक लागु गराउने प्रतिबद्धता सहित प्रेस युनियनको क्षेत्रिय सम्मेलन सकियो ।

0
427

डडेल्धुरा, ६ कात्तिक । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको सुदूरपश्चिमस्तरीय क्षेत्रीय सम्मेलन शुक्रबार सकिएको छ ।
पत्रकारका पेसागत मुद्दा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, सेवा सुविधा र न्यूनतम पारिश्रमिकलाई पूर्ण रुपमा लागू गरिनुपर्नेलगायतका नौ  बुंदे घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको हो ।

सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाका १० शाखाका पदाधिकारी, क्षेत्रीय पदाधिकारी, केन्द्रीय पदाधिकारी एवम् पार्षद्को सहभागिता रहेको थियो । सम्मेलनमा प्रेस युनियनका अध्यक्ष, महासचिव उपाध्यक्ष, सल्लाहाकारको समेत उपस्थिति रहेको थियो ।

सो अबसरमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले मोफसलमा पत्रकारिताको विकास र विस्तार तथा पत्रकारको न्यूनतम पारिश्रमक लागू गराउने सवालमा सम्मेलनले महत्वपूर्ण निर्णय गरेको बताउनुभयो ।