दुर्गमका गाउँलेले पाए निसुल्क स्वास्थ्य उपचार ।

0
434

कार्तिक ७ पर्वत । पर्वतको सुदूर दक्षिणमा पर्ने बाच्छा गाविसमा शनिबार आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सात सय जनाले निशुल्क उपचार गराएका छन् । पर्वत सेवा समाज र रोटरी क्लब अफ पर्वतको आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा तीन जिल्लाका सात सय जनाले गाउँघरमै स्वास्थ्य उपचारको सेवा पाएका हुन् ।

स्वास्थ्य शिविरमा पर्वतका बाच्छा, पाङ्गराङ्ग, कुर्घा, भोक्सिङ्ग, बर्रार्चार, लिमीठाना र रानीपानी, बागलुङका छिस्ती, जैदी, बिनामारे, गुल्मीका खड्गकोट लगायतका गाविसका सर्वसाधारण उपचारका लागि आएका थिए । शिविरमा स्त्रीरोग, पेट, छाती, मुटु, हाडजोर्नी तथा नसा, मानसिक लगायतका विशेषज्ञबाट स्वास्थ्य जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखराका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।
शिविरमा बागलुङ मेडिकल हल कुस्माको संयोजनमा दुई लाख ५० हजारभन्दा बढीको औषधि निःशुल्क वितरण गरिएको थियो ।