२०८२ असार १ गते आईतवार
२०८२ असार १ गते आईतवार

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना

ललितपुरका प्राचीन धरोहर लिच्छविकालीन ढुंगेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ ।

राजकुलो विस्तारका लागि महानगरले रु. २२ करोड बजेट छुट्याएको छ ।  महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु. ६ करोडको लागतमा ३.४४ किलोमिटर कुलो खनिएको जानकारी दिए । ०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए।

लगनखेलको सप्ताताल पोखरी पुनर्निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुंगेधारामा पानी झार्ने महानगरको योजना रहेकाे उनले बताए । महानगर प्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दा बढी ढुंगेधारा छन् ।

आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टंग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मंगल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् ।  मंगल हिटीमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जन  ढुंगेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन्।

ललितपुर महानगरपालिका– ६ र  वडा नं. १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउँछन्।

ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुंगेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर ०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनर्निर्माण गरेका थिए । पुनर्निर्माणपश्चात् बाह्रैमास धारामा पानी झरे पनि केही वर्षयता पानी आउन छाडेको छ ।

ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक  ढुंगेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका– ६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउँछन् । लिच्छविकालदेखिको इतिहास बोकेका ढुंगेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।