कुलमानलाई प्रधानमन्त्रीको प्रश्न राजधानीबाट लोडसेडिङ हटाउने योजना के छ ?

0
508

काठमाडौँ, २२ कार्तिक । प्रधानमन्त्री दाहालले ‘काठमाडौँलाई लोडसेडिङ हटाउने योजनाबारे नेपाल विद्युत् प्राधिकरणसँग खाका ल्याउन निर्देशन दिनुभएको छ ।

सोमबार बिहान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले उपत्यकालाई तत्कालै विद्युत्भार कटौती गर्ने आफ्नो सङ्कल्पअनुरूपका योजनामा सहयोग गर्न निर्देशन दिनुभयो ।

नयाँ योजना सञ्चालनका लागि तयारी गर्न, विद्युत् चोरी, बक्र्यौता नतिर्नेजस्ता समस्या समाधान गर्न, देशलाई विद्युत्भार कटौती गर्ने कार्ययोजना तयार गर्न र ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न समेत प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो ।

सोही अवसरमा निर्देशक घिसिङले प्राधिकरणले उपत्यकामा लोडसेडिङ अन्त्य गर्दै देशभरि नै अन्त्य गर्ने कार्ययोजना ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।