२०८३ जेष्ठ ११ गते सोमबार
२०८३ जेष्ठ ११ गते सोमबार

 दुजाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडा नम्बर-३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ग३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए।

घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) करियर वा कारोबारमा लाभ मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आपसी झगडामा भावुक भएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सम्पत्तिलाई लिएर कानुनी मामिला सुल्झिनेछ। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। वैवाहिक जीवन र प्रेम प्रसंगमा आजको दिन उत्साहपूर्ण रहनेछ। कलाकारिताको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हजुरको धैर्य पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। जीवनसाथीसँग तालमेल बनाएर राख्नुहोस्। मठ मन्दिर आदिको यात्रा गर्दा सकेसम्म परिवारसँग जानुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विदेशमा शिक्षाको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ ।स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। सवारी साधन अरुलाई दिनबाट बच्नुहोस्। मेहनतले ज्ञान र कलामा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम बन्नको साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्ला। प्रतिद्वन्दीको सल्लाहलाई विचार पुर्याएर विश्वास गर्नुहोला। राजनीतिमा जोडिएकाहरूलाई विशेष मौका मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अगाडि रोकिएका महत्त्वपूर्ण कामहरू पूरा गर्न सकिएला। साझेदारी व्यापारबाट राम्रो लाभ मिल्नेछ। धर्म कर्म भन्दा भौतिक सुविधामा मन लाग्नेछ। विद्यार्थीहरूले पठनपाठनमा नयाँ कुरा सिख्न पाउनुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव समाप्त हुनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको जस पाइनेछ। लेखन वा अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महत्वकाङ्क्षाको पूर्ति हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पढाइमा धेरै मेहनत गर्नुपर्ने हुन्छ। मित्रहरूको साथ नमिल्ला मनको भड्काव देखि बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यक्रममा सहभागी हुन अवसर मिल्नेछ। हजुरको मान सम्मानमा वृद्धि हुनेछ। नयाँ पहिरनको अवसर मिल्नेछ। वैदिक स्तरको प्रतिस्पर्धामा अग्रस्थान पाउनुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक उपलब्धि मिल्नेछ। घरबाट टाढा बसोबास गर्ने मित्र वा आफन्तहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रको विस्तारलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा परिवारको सहयोग मिल्नेछ। शेयर मार्केटबाट मनग्य लाभ मिल्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा नयाँ आयस्रोतहरू बन्नेछन्। पार्ट टाइम नोकरीमा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा नयाँ निर्णय लिनको लागि समय उपयुक्त नहोला प्रतिक्षा गरौँ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। पायक स्थानमा भ्रमण हुनेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९८ पैसा रहेको छ । 

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ५६ पैसा कायम गरेको छ । यस्तै ओमनी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ७९ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ३५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । 

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । 

आज ६:४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५:१० मा सूर्यास्त हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । 

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । 

शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरूप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।