२०८३ मंसिर ९ गते मंगलवार
२०८३ मंसिर ९ गते मंगलवार

एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा

एक्सट्रिम इनर्जी ड्रिंकले पाँच नयाँ स्वादका पेय पदार्थ सार्वजनिक गरेको छ ।

कम्पनीले मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ स्वाद सार्वजनिक गर्नुका साथै उपभोक्तालाई लक्षित गर्दै ‘स्क्यानमा सुन’ अभियान पनि घोषणा गरेको हो ।

कम्पनीकी बिजनेस हेड सोनिया राणालगायतले नयाँ पाँच स्वादको औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । नयाँ स्वाद सार्वजनिकसँगै कम्पनीले आफ्नो उत्पादन विविधीकरण र बजार विस्तारलाई समेत प्राथमिकता दिएको जनाएको छ ।

यसै अवसरमा कम्पनीले ‘स्क्यानमा सुन’ नामक उपभोक्ता प्रवद्र्धन अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत आगामी तीन महिनाभित्र छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान जित्ने अवसर पाउनेछन् ।

एक्सट्रिमले नयाँ स्वाद र आकर्षक उपभोक्ता अभियानमार्फत बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा नयाँ उत्पादन सार्वजनिक, विन्टर एडिसन अभियानको घोषणा तथा मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सञ्चारकर्मी, व्यवसायिक क्षेत्रका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।