
काठमाडौं मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य सुधार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।
बसौलाका अनुसार उनको अवस्था सामान्य छ । मंकिपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरूप गरिएको जानकारी निर्देशक बसौलाले दिए । साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मंकिपक्स संक्रमण भएको पुष्टि भएको हो । त्यसै दिनदेखि उनको उपचार जारी छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको वयान आज (बिहीबार) पनि जारी रहने भएको छ ।हिजो सार्वजनिक बिदा परेकाले बयान भएको थिएन । कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो।
न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान भइरहेको छ । अहिलेसम्म गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ । मंगलबार प्रतिवादी लिला पछाईंको बयान सुरु भएको थियो ।
उनको बयान नसकिएकाले आज पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएकाले रवि लामिछानेको बयान हुने सम्भावना पनि न्यून रहेको अधिकारीले बताए । प्रतिवादीहरुको बयान नसकिएकाले थुनछेक बहस सुरु हुन सकेको छैन । पछाईंको बयान बाँकी रहेकाले आज पनि उनकै बयान जारी रहने सूचना अधिकारी अधिकारीले बताए ।
‘उहाँको बयान आज सकिएर अर्का प्रतिवादीको सुरु हुने सम्भावना छ’, उनले भने । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु होला भन्ने प्रश्नमा भने अधिकारीले यो निश्चित नभएको बताए । ‘यो अहिले भन्न सकिने कुरा होइन, उहाँकै पनि हुनसक्छ, अर्का प्रतिवादीको पनि हुन सक्छ’, उनले भने, ‘किनकि अझै ३ जना हुनुहुन्छ।’ सो प्रकरणमा अब लामिछानेसहित रामबहादुर खनाल र कृष्ण गुरुङले बयान दिन बाँकी छ ।
पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ । २०७७ साल भदौमा दर्ता भएको मिडियाको पुँजी पाँच करोड रुपियाँ रहेकोमा त्यसको १५ प्रतिशत (७५ लाख रुपियाँ) सूर्यदर्शनबाटै रकमान्तर गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका लामिछाने गोरखा मिडियाको करिब डेढ वर्ष प्रबन्ध निर्देशक हुँदा सबैजसो कारोबारमा संलग्न भएको पाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा बुझाएको अभियोगपत्रमा लामिछानेले नै गोरखा मिडियाको ९५ प्रतिशतभन्दा बढी कारोबार गर्ने गरेका प्रमाण संलग्न छन् ।
स्थापना भएको पहिलो दुई वर्षमै १६ करोड रुपियाँ घाटामा रहेको गोरखा मिडियाले कर्मचारीलाई दुई अर्ब ५८ करोड रुपियाँ ऋण तथा पेस्की दिएको छ । रविले डेढ वर्षमा एक करोड चार लाख तलब बुझेको देखिएको छ । कम्पनीले तलबसम्बन्धी शीर्षकको एक करोड ३६ लाख रुपियाँ करसमेत तिर्न बाँकी रहेको संसदीय छानबिन समितिको प्रतिवेदनमा औँल्याइएको छ ।
बयानका क्रममा लामिछानेले सबै आर्थिक कारोबार गितेन्द्रबाबु (जिबी) राईले गर्ने गरेको जिकिर गरे पनि प्रमाणहरूले त्यसलाई खण्डित गरेका छन् । उहाँले एकल हस्ताक्षरमा मिडियाको कारोबार गर्दै एक हजार २३७ वटा चेक काटेको भेटिएको छ ।
सूर्यदर्शनसहितका सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपियाँ जम्मा भएको देखिन्छ भने ४३ करोड रुपियाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाई मिडियामा पुगेको देखिन्छ । २०७९ साल असार १ गते कम्पनीबाट अलग भएपछि पनि लामिछानेले सञ्चालकका रूपमा हस्ताक्षर गरी ७१ लाख ८० हजार रुपियाँ अरूलाई दिएको र आफूले चेकमार्फत नौ लाख ८५ हजार रुपियाँ लिएको देखिएको छ ।
सूर्यदर्शनबाट ऋण एक करोड, प्रबन्ध निर्देशक हुँदा आएको एक करोड ६२ लाख र स्वेट सेयर दिन जिबीमार्फत गएको ७५ लाख गरी तीन करोड ३७ लाख ६५ हजार रुपियाँको दायित्व पर्ने अभियोगपत्रमा उल्लेख छ । लामिछानेले सूर्यदर्शनमा किस्तै ३१ लाख ३३ हजार रुपियाँ तिर्नुभएको छ ।
अभियोगपत्रमा रविका लागि कुल बिगो २७ करोड ८९ लाख ४४ लाख सात सय पाँच रुपियाँ कायम भएको छ । “आय र सम्पत्तिहरू गोप्य रूपमा घुमाउरो बाटोबाट आफूसम्बद्ध व्यवसाय र संलग्न व्यक्तिहरूको चल, अचल सम्पत्तिमा लगी शुद्धीकरण गरेको,” प्रतिवेदनमा उल्लेख छ । सोही कारण लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र सङ्गठित अपराधमा समेत मुद्दा दायर भएको छ ।
सूर्यदर्शनमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपियाँ बिगो कायम भएको छ । रविपत्नी निकिताको नाममा ३५ लाख रुपियाँ र उहाँको कम्पनी गोपीकृष्ण मुभिजलाई ८१ लाख २५ हजार रुपियाँ गोरखा मिडियाबाट भुक्तानी भएको देखिन्छ । प्रतिवेदनमा भनिएको छ, ‘आफूसहित खाता सञ्चालक रहेको खातामा के–कसरी कहाँबाट रकम आएको हो भन्ने जानकारी छैन भन्ने विषयले प्रतिवादीको बदनियत देखिन्छ ।’
बयानमा अर्का प्रतिवादी कुमार रम्तेलले एक करोड ऋण लिने पोखरा–८, ठेगानाका व्यक्ति रवि नै भएको दाबी गर्नुभएको छ । पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारीले बाहिरका व्यक्तिलाई ऋण प्रवाह गर्न नमिल्ने भएकाले फर्जी ठेगाना राखिएको देखिन्छ । कार्यक्षेत्रबाहिरका बासिन्दा देखाई यो सहकारीको स्थापनै ठगी गर्ने नियत र पूर्वयोजनाबमोजिम भएको प्रतिवेदनले औँल्याएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। पुरानो विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकाग्रताको साथमा मेहनत गर्नुभयो भने परिणाम अवश्य राम्रो आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तपाईंको कार्य समीतिमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। कार्यक्षेत्रमा विपरीत परिस्थिती निर्माण हुनसक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा व्यवधान आउन सक्छ। अधिकारीहरूसँग वैमनश्यता बढ्न सक्छ। आफूले गरेको मेहनतको श्रेय अर्काले लिन सक्छ। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिकूल समय अनुकूल बन्दै जानेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। इच्छा अनुरूप कार्य गर्न सकिनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। भ्रमणको योग रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तपाईंको इच्छाको मान राखिनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा नोकरीबाट धनार्जनका योग छन्। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। जिम्मेवारीले गर्दा काममा धेरै सक्रिय रहनुपर्ने हुन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभचिन्तकहरूको सहयोगले रोकिएको कार्यसम्पादन हुनेछ। जीविकोपार्जनको क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकिनेछ। विद्यार्थीहरूको लागि समय उत्साहजनक रहनेछ। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा पराक्रममा वृद्धि हुनेछ भने विभिन्न प्रकारको चुनौतीको सामना गर्दा चोटपटकको सम्भावना समेत रहेको छ। धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई पढाइमा सन्तोषजनक परिणाम मिल्नेछ। बौद्धिक स्तरको प्रतिस्पर्धामा उच्च स्थान हासिल हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरुसँग बसेर भविष्यको लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। उच्च पदस्थ व्यक्तिसँग भेट होला। कार्यक्षेत्रमा लगनशीलताले उत्कृष्ट परिणाम दिनेछ। शेयर बजारबाट लाभ मिल्ला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ र मान प्रतिष्ठामा वृद्धि हुनेछ। शत्रुहरू सक्रिय होलान्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा नैतिक र कर्तव्य भाव उत्पन्न हुनेछ। नँया नोकरीमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक दृष्टिकोणले समय सामान्य रहेको छ। थप लगानी लगाउन जानकार वा विशिष्ट व्यक्तिको सल्लाह लिनुहोला। नोकरी वा पेशामा अज्ञात भय रहनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदै छन् । यसले सर्वत्र चिन्ता छ, अब चुनौतीको सामना कसरी गर्ने ? हाम्रा प्राकृतिक सम्पदा र चिनारीलाई कसरी जोगाउने ?
विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण निकट विगत जति त्रासदीपूर्ण छ भविष्य थप जटिल बन्ने भनेर औँल्याइरहेका छन् । एसियाली विकास बैङ्क (एडीबी) ले हालै सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वको औसतभन्दा तीन गुणा बढी छ । इसिमोडका अनुसार यस क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढेको थियो ।
जलवायुले ल्याएका अन्य भयानक सङ्कटहरू नेपालीले आफ्नै जीवनमा दिनहुँ भोगिरहेका छौँ । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढीले पुर्याएको क्षति पनि जलवायुजन्य सङ्कटकै एउटा उदाहरण रहेको विज्ञहरूको भनाइ छ । गत असोज १०, ११ र १२ गते काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भएको भारी वर्षाले ल्याएको विपद्ले कैयौँले अकालमै ज्यान गुमाएका, कैयौँ घाइते र घरबारविहीन बनाएको घटना ताजै छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार त्यसबेला तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । १८ जाना अझै बेपत्ता छन्भने एक सय ७८ जना घाइते भए । झन्डै छ हजार निजी आवासमा क्षति पुग्यो । तीन वर्षअघि पनि बेमौसमी बाढीका कारण झन्डै आठ अर्बभन्दा बढी मूल्य बराबरको धानबालीमा क्षति पुगेको कृषि मन्त्रालयले जनाउने गरेको छ । सोही बेला मनसुन सुरु भएको साता दिन नपुग्दै सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा दुई अर्बभन्दा बढी क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिको तथ्याङ्क छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण मात्रै चार सय ९५ जानाले अकालमै ज्यान गुमाएका छन् भने ६६ जाना बेपत्ता र पाँच सय २२ जाना घाइते भएका छन् । जलवायुका यी र यस्ता ज्वलन्त उदाहरणहरू हामीसँग थुप्रै छन् । गत नोभेम्बर ११ देखि (कात्तिक २६) देखि नोभेम्बर २२ (मङ्सिर) सम्म बाकुको अजबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलनमा नेपालले यी र यस्तै उदाहरण प्रस्तुत गरेर विश्वको ध्यानाकर्षण गर्यो । नेपाललगायत अन्य मुलुकले भोगेका यस्तै समस्याबारे आवाज उठे पनि सङ्कट समाधानका लागि तत्काल सम्बोधन गर्नेगरी सम्मेलनले निर्णय गर्न सकेन । कोप-२९ पछि त्यहाँको सिकाइ र अन्य अनुभवले अब नेपाल आफैँले सङ्कटको सामनाका लागि नयाँ रणनीति अख्तियार गर्न आन्तरिक गृहकार्य अत्यन्त आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।
सङ्कट सामनाका लागि आन्तरिक तयारी
यसमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी पनि सहमत छन् । उनी कोपमा मात्रै नभई कोपपछि पनि जलवायुजन्य सङ्कट समाधान हुनेगरी नीति तर्जुमा गर्न सकिने बताउँछन् । जलवायु परिवर्तन निम्त्याउन नेपालको नगन्य योगदान भए पनि त्यसबाट निम्तिएका असर न्यूनीकरण र अनुकूलनका लागि विश्व मञ्चमा जलवायु परिवर्तनका मुद्दा उठाउन नेतृत्वदायी भूमिका लिँदै आएको उनको भनाइ छ ।
‘अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना समस्या मात्र राख्ने होइन, हामीले अघि सारेका जलवायुमैत्री योजना र गरेका उपलब्धिका बारेमा प्रचार गरी, थप अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रोत्साहन गर्न हामी सफल भएका छौँ,’ उनले भने, ‘तर अब कोपपछि पनि हामीले स्वदेशमा जलवायु सङ्कट समाधानका लागि गृहकार्य गर्न आवश्यक छ । यसका लागि अन्तरसरकारी निकाय र विभिन्न सरोकारवालाहरूबीच सहकार्य अघि बढाउनेछौँ ।’
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७० पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिंगपुर डलर एकको खरिददर एक सय रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।
दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ ।
विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।




