२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा काम ढिलो हुदा समस्या बढ्न सक्नेछ। नयाँ योजनाहरूमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा बातचितको माध्यमबाट आफ्नो काम निकाल्न सक्नुहुनेछ। आय क्षेत्र सामान्य रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा आम्दानीका स्रोतहरू बन्नेछन्। कार्यको सफलताले नयाँ कार्य गर्न उत्साह जगाउनेछ। भावुकतामा निर्णय नलिनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उद्योग व्यापारमा मनग्य लाभ हुनेछ। नयाँ योजनाहरूको सुरुवात लाभदायी रहनेछ। कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस्। आलस्य नगर्नुहोस्। आज व्यापार तलमाथि हुनसक्छ , धैर्य राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा अधिकारीहरूसँग मनमुटाव हुने सम्भावना रहेको छ। युवा छात्र छात्राहरूलाई पारिवारिक पाबन्धीले मनमा आक्रोश रहनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आध्यात्मिक चेतनाको विकास हुनेछ। कार्यक्षेत्रमा खुट्टा तान्नेहरूबाट जोगीनुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। निर्धारित योजनाहरू समयमा पूर्ण हुनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक दायित्व निर्वहनमा बाधा आउनेछ। प्रशासनिक क्षेत्रमा सोचे अनुरूप कार्य नहोला। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। अरुको लागि बुद्धि र बल खर्च गर्नुपर्ला। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा प्रतिभाको उचित मूल्यांकन हुनेछ। विशिष्ट व्यक्तिको सहयोगले अप्ठ्यारो कार्य सम्पादन हुनेछ। शेयर बजारबाट मनग्य लाभ मिल्ला। आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पिताको साथ मिल्ला। आकस्मिक धन लाभको योग बनिरहेको छ। व्यापार व्यवसायमा कुनै निर्णय लिनुभन्दा अघि घरपरिवारमा सल्लाह लिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्वकांक्षी कार्य प्रारम्भ गर्ने समय रहेको छ। उद्योग व्यापारबाट लाभ मिल्नेछ। सांस्कृतिक वा सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। मन परेको स्थानमा भ्रमणको सुखद आनन्द मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा समयमा कार्यसम्पादन नहुनाले मनमा भय रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहेको छ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधानीको ध्यान राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिन सामान्य रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नुको साथै जीवनसाथीको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि जानकारको सल्लाह लिनुहोला। लेखन कलामा निखारता आउनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा मेहनतको उचित मूल्यांकन मिल्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। मित्रको माध्यमबाट रोकिएको कार्य प्रारम्भ हुनेछ। सकरात्मक सोचले अगाडि बढ्नुहोस् दिन राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

 

अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शुक्रबार बिहान) कोशी, बागमती र मधेस प्रदेशसहित देशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका केही भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ ।

देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

पश्चिम नेपालबाट भित्रिएको न्यून चापीय प्रणालीले बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा गराएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, उक्त मौसमी प्रणालीका कारण डडेलधुरा, डोटीलगायतका स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको थियो । यस्तै, दूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हिमपात भएको थियो ।

‘पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको देखिएको छ । प्रायः ठाउँमा सामान्य र थोरै स्थानमा मध्यम वर्षसम्म भएको देखिन्छ । उच्च हिमाली भेगमा हिमपात पनि भएको छ। हाम्रो वेदर क्यामेराहरूले पठाएका फोटोहरूले सामान्यदेखि मध्यम हिमपात भएको देखाएका छन्,’ उनले भने ।

डडेलधुराको साहुखर्कमा १६ मिलिमिटरसम्म वर्षा भएको छ । यस्तै, बाजुरामा १३.४ मिलिमिटर ताथा डोटीमा पनि १०.२ मिलिमिटर वर्षा भएको छ । तर, आजदेखि उक्त मौसम प्रणाली लगभग सकिएको मौसमविद् पुडासैनीले बताए ।

हेर्नुस् यस्तो छ अबका तीन दिनको मौसम पूर्वानुमान

देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले बढेर ८५ अर्ब एक करोड पुगेको छ।

त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड थियो।

गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले बढेर ३५ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ । 

युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २० पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८७ पैसा र बिक्रीदर आठ रुपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६२  पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ५१ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।