२०८३ असार ११ गते बिहीबार
२०८३ असार ११ गते बिहीबार

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत पदाधिकारी चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि आज (शनिबार) निर्वाचन हुन लागेको हो ।

बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम भएको छ । चुनावमार्फत नेतृत्व चयन गर्नका लागि देशभरिका साढे २४ सय प्रतिनिधिले मतदान गर्दैछन् ।

उपत्यका विशेष प्रदेश र बागमती प्रदेशको मतदान काठमाडौंमा हुँदैछ । उपत्यका विशेष प्रदेशको विश्वभाषा क्याम्पस र बागमती प्रदेशको वाल्मीकि क्याम्पसमा हुनेछ । अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ। क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम भएको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा रहेका छन् ।

महासचिवमा उम्मेदवारी दिएका १० जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । खड्काले महासचिवबाट फिर्ता लिएर उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिवमा मनोनयन दर्ता गराएका गोविन्द बानियाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका थिए ।

अब महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल छन् । अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय सहित कुल ३१२ जना निर्वाचनबाट चयन हुनेछन् ।

जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो व्यक्त गरेका छन्।

जिल्ला समन्वय समिति महासंघको ३०औं स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनीहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भए पनि यो भूमिका निर्वाह गर्न समस्या भएको जिकिर गरे ।

उनीहरुले भने, ‘जिल्ला समन्वय समितिका प्रमुखलाई संविधान प्रदत्त काम गर्न पनि समस्या भइरहेको छ । यसका तीनै तहका सरकारहरुले विशषे ध्यान दिनुपर्‍यो ।’ कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष खड्काले समन्वय समितिका प्रमुखहरुले अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै संघ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन सहयोगीको भूमिका निर्वाह गर्न चाहिरहेको बताए । उनले भने, ‘हामी काम गर्न चाहन्छौँ तर काम नै छैन । संविधान प्रदत्त काम गर्न अप्ठ्यारो परिरहेको छ।’

जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डेले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिए पनि यसको व्यवहारिक कार्यान्वयन नभएको गुनासो व्यक्त गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले संघ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको बताए । उनले भने, ‘जिल्ला समन्वय समितिको भूमिका समन्वय र अनुगमन गर्न अहं हुन्छ तर व्यवहारमा यसो हुन सकिरहेको छैन ।’

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । विनिमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६  रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्री दर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसो ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।