२०८३ जेष्ठ ३० गते शनिबार
२०८३ जेष्ठ ३० गते शनिबार

ताप्लेजुङ । पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आह्वान गरेको ‘नो केबलकार समूह’ का प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ । मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक हुन् ।

प्रहरीले मादेनलाई सदरमुकाम फुङलिङको कोप्चेबाट पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिएका छन् । गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादेनलाई नियन्त्रणमा लिइएको जानकारी दिंदै प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘उहाँले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि उहाँले नै गर्नु भएको थियो ।’

अनिश्चितकालीन बन्दले ताप्लेजुङमा यातायात प्रभावित
यता ताप्लेजुङमा ‘नो केबलकार’ लगायत ६ संगठनले मंगलबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गरेका छन् । पाथीभरा क्षेत्र (मुकुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार समूहले अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका हुन् ।

मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुम हुँदै मंगलबार बिहान झापा, मोरङ, सुनसरीको धरान जाने सबै यातायातका साधनहरू चल्न सकेका छैनन् । ताप्लेजुङ प्रवेश गर्ने सबै नाकाहरू ठप्प छन् । जिल्लाको नौं स्थानीय तहमा जाने सवारीका साधनहरू ताप्लेजुङ बसपार्कमै थन्किएका छन् । बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन् ।

मुकुम्लुङ संरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले केबलकार निर्माण खारेज गर्न, ‘सैन्यकरण’ फिर्ता, नियन्त्रणमा लिइएका ‘योद्धा’ हरूको विना शर्त रिहाइ तथा झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने माग गरेर बन्दको आह्वान गरिएको जानकारी दिएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरी प्रमुखले मुकुम्लुङप्रेमीहरूलाई गोली हान्न आदेश दिएको भन्दै उनीहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने समेत बताएका छन्। शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएको समूहमा गोली चलाइएकाले निश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’ का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो ।

बुटवलमा सम्पन्न कार्यशालाले उक्त निष्कर्ष निकालेको आज जारी विज्ञप्तिमा भनिएको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा र महासचिव सीता बस्यालले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकारले अझै प्रभावकारी योजना बनाउनुपर्ने माग गरिएको छ । यसैगरी, प्रोत्साहन सुविधासहितको प्याकेज घोषणा गरी सबै आन्तरिक हवाई उडान कम्पनीका कम्तीमा एउटा जहाजबाट निश्चित अवधिका लागि दैनिक अन्तर प्रदेश हवाई कनेक्टिभिटी उडानको व्यवस्था गर्नुपर्ने माग पनि नाट्टाले गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय हवाई यात्रीका लागि बस र होटल सुविधा सहुलियत घोषणा गरी यात्रुमैत्री नीति अवलम्बन गर्नुपर्ने माग पनि गरेको छ । प्लानिङ वर्कसप तथा फेलोसीप कार्यक्रमबाट वर्षभरि गरिने पर्यटकीय कार्यक्रमको सूची निर्धारण गरिएको विज्ञप्तिमा जनाइएको छ । लुम्बिनी प्रदेश पर्यटन परिषद्का सदस्य माधव नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यशाला तथा फेलोसीप कार्यक्रमबाट ५० ट्राभल व्यवसायीको सहभागितामा विभिन्न विषयगत समिति पनि गठन गरिएको जनाइएको छ ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको  छ ।

आज सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

स्याङजा भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा पनि अधुरै छ । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्ने गरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रो पटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन ।

विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए । उनका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन । तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रो पटक २०८१ मंसिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ । पटक पटक गरी तेस्रो पटक थपिएको समयावधि मंसिरमा सकियो, थप गरिएको समय सकियो तर पुल निर्माण सकिएन।

निर्माण कम्पनीले भ्याटसहित रु १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा निर्माण सक्ने गरी सम्झौता भएको थियो । एक सय २५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताए । ४०–४० मिटरको तीन स्पानमध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्म पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ । पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ ।

पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । निर्माण व्यवसायी चन्द्र थकालीले उक्त पुलको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरे । उनले पुलको धेरै काम सकिएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको बताए । ‘पुलको दुवैतर्फको स्पान निर्माण भइसकेकाले अहिले बीचको एउटा स्पान निर्माणका लागि फिलिङको काम भइरहेको छ’, उनले भने, ‘काम सक्ने लक्ष्यसहित कामदार लगाएका छौँ, दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारीसहित अगाडि बढेका छौँ ।’

पुल निर्माणसँगै खोलाको दायाँबायाँ निर्माण गर्नुपर्ने पर्खाल निर्माण नगर्दा पनि वर्षाको समयमा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गराएको छ । बर्खामा यस ठाउँमा खोलाले डुबानमा पार्ने गरेको छ ।हिउँदमा बाँसको फड्के बनाएर वा खोला तरेर वारपार गर्ने स्थानीय बर्खायाममा घुमाउरो बाटो हुँदै झोलुङ्गे पुलबाट वारपार गर्नुपर्छ ।

नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मध्याह्न १२ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया हुन लागेको हो ।

गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकोमा एक दिन अघि नै उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ । 

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया हुन लागेको हो ।

गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकोमा एक दिन अघि नै उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ । 

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । २०८० साल असार ४ गते समाजवादी मोर्चा गठन भएको थियो ।

सरकारले सामाजिक सञ्जालमा कडा नियमन गर्ने गरी विधेयक ल्याएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार प्रतिनिधिसभामा ल्याएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न सरकारको अनुमति लिनुपर्ने र त्यस्तो अनुमति प्राप्त प्लेटफर्म सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रयोग गर्दा वास्तविक परिचय नखुलाए वा अनुमति प्राप्त व्यक्तिले सर्त पालना नगरे २५ लाखदेखि एक करोड रुपैयाँसम्मको जरिबाना व्यवस्था गरिएको छ।

विभिन्न दल र फरक–फरक स्वार्थ समूहले सामाजिक सञ्जाललाई गलत प्रचारप्रसारको माध्यम बनाइरहेको अवस्थामा सरकारले यसलाई निकै कडा रूपमा नियन्त्रण गर्ने गरी विधेयक ल्याएको छ। विधेयकमा सामाजिक सञ्जालमा प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले प्लेटफर्म सञ्चालन गर्न अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरिएको हो। सामाजिक सञ्जाल प्लेटफर्म भन्नाले अन्तरक्रिया गर्न सकिने गरी विद्युतीय प्रविधिको माध्यमद्वारा साइबर स्पेसमा सिर्जना गरिएको एप, वेबसाइट, ब्लग, एआई टुल्सलगायतलाई जनाइएको छ।

अनुमतिप्राप्त व्यक्तिले राष्ट्रियताविरुद्ध, व्यक्तिको चरित्र हत्या गरे, वैयक्तिक गोपनीयता हनन गरे र सामाजिक सञ्जालको प्रयोगकर्ताको वास्तविक परिचय नखुलाई प्लेटफर्म प्रयोग गर्न दिएमा २५ लाखदेखि एक करोड रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था गरिएको हो। अर्कोतर्फ सामाजिक सञ्जाल प्रयोगकर्ताले कानुनबमोजिम सर्त पालना नगरे पाँच लाख रुपैयाँसम्मको जरिबाना तोकिएको छ। जसमा सामाजिक सञ्जालमा कसैको मानप्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने र गाली बेइज्जती गर्न नहुने व्यवस्था गरिएको छ।

यस्तै ‘हेट स्पिच’ मानिने कार्य गरेमा पनि कारबाहीको भागीदार बनिनेछ। ‘हेट स्पिच’ भन्नाले व्यक्ति, समूह वा समुदायविरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोस्ट, सेयर, कमेन्ट, लाइभ, स्ट्रिमिङ, रिपोस्ट, ट्याग, ह्यासट्याग, मेन्सन गर्ने वा यस्तै प्रकृतिको अन्य कार्यलाई जनाइएको छ। मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार गरे, कानुनले निषेध गरेका कार्यको नक्कल वा सेयर गरे पनि कारबाहीस्वरूप पाँच लाख जरिबानाको भागीदार बन्नुपर्नेछ।

गलत मनसायले सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सोबराबरको रकम सजाय हुनेछ। यस व्यवस्थाले सञ्चारमाध्यमलाई समेत असर पर्नेछ। कसैले पनि राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, धर्म, संस्कृति, जातजाति तथा वर्गलाई लक्षित गरी घृणा वा द्वेष उत्पन्न हुने कुनै काम गरेमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। आजको नागरिक दैनिकमा छ

 

नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गराउनुपर्नेमा जोड दिएका छन् ।

बानेश्वरस्थित संसद् भवनमा बसेको आजको बैठकमा सांसदहरूले सहकारीपीडितलाई दिनुपर्ने रकम धेरै परिमाणमा रहेको र राज्यले दिन नसक्ने अवस्था भएकाले सहकारीको रकम अपचलन गर्नेहरूबाटै भराउनुपर्ने माग गरेका हुन् ।

बैठकपछि संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरेले सोही भावनाअनुसार सहकारीसम्बन्धी अध्यादेश ल्याइएको जानकारी गराउँदै उक्त अध्यादेशले सहकारीपीडितका समस्या हल गर्ने विश्वास व्यक्त गरे ।

वर्तमान सरकार गठनका लागि भएको साझेदारीअनुसार नेपाली कांगे्रस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सात बुँदे सहमतिअनुसार सरकार अघि बढ्ने उनले बताए । बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र सरकारले गरेका कामकारबाहीका बारेमा सांसदहरूले बैठकमा कुरा राखेका थिए ।

माघ १८ गते बिहान साढे आठ बजेसम्मका लागि संसदीय दलको बैठक स्थगित गरिएको पनि मुख्य सचेतक घिमिरेले सुनाए । संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।

काठमाडौंका केही स्थानमा आज (मंगलबार) देखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिन सकिनेछ। अरुलाई प्रभावित पारेर नाम र प्रतिष्ठा पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नहोला। नोकरी वा पेशामा हजुरको कमजोरीबाट लाभ उठाउनेहरु सक्रिय रहनेछन्। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। व्यापार व्यवसायमा लेनदेन गर्दा सावधानी राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सम्पादन भएको कार्यबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। संगीत वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। प्रशासनिक काममा अधिकारीहरूको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा चुनौतीपूर्ण कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। प्रयास गर्दा बजारमा फसेको धन मिल्न सक्छ। प्रतियोगी परीक्षामा सफलता मिल्न गाह्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वाकांक्षी योजनाहरू गोप्य राख्दा लाभ मिल्नेछ। योजना अनुसार समयमा कार्यसम्पादन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभ हुनेछ। सन्तानको शिक्षालाई लिएर चिन्तित रहनुहुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक उल्झनले मन चिन्तित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरेको यात्राबाट लाभ मिल्नेछ। मित्रको सहायताले ठूलो कार्यसम्पादन हुनेछ। सामाजिक दायित्वको निर्वहनमा श्रम धेरै लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। घरपरिवारमा भाइबहिनीहरूको साथ सहयोग मिल्नेछ। नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ। धैर्य र पराक्रमले आटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरमा मांगलिक कार्यले मन प्रसन्न र उत्साहित रहनेछ। आफन्तहरूसँग रमाइलो भेटघाट वा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। व्यापार व्यवसायमा बाणीले कार्यसद्धि गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्य प्रारम्भ गर्नलाइ समय उपयुक्त रहेको छ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक क्रियाकलापको कार्यहरूमा सजग रहनुपर्ला। योजना अनुरूप काम बन्दै जानेछन्। अनपेक्षित रूपले अरूको लागि चिन्ता हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा लगनशीलताले आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। मेहनतले प्रतियोगी प्ररीक्षामा सफलता मिल्नेछ। भौतिक संसाधन जुटाउनमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम र मित्रताको बन्धन कसिनेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी हात लाग्नेछ। कला र लेखनको क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा मन लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

 

नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ। यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ।

केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ४६ पैसा तोकिएको छ।

एक युरोको खरिददर एक सय ४४ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपियाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपियाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ३४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपियाँ तीन पैसा र बिक्रीदर ९६ रुपियाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ६४ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ नौ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ९६ पैसा र बिक्री दर नौ रुपियाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ एक पैसा र बिक्रीदर १९ रुपियाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४९ पैसा र बिक्रीदर ३१ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५९ पैसा र बिक्रीदर १२ रुपियाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्री दर १९ रुपियाँ ५१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७० पैसा र बिक्रीदर १७ रुपियाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ ६७ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ ६८ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ नौ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ ६५ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।