२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

काठमाडाैं । विराटनगरकाे नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सन् २०२५ को विश्व क्यान्सर दिवस भव्य रूपमा मनाइएको छ ।

फेब्रुअरी ४ का दिन विश्वभर मनाइने यस विश्व क्यान्सर दिवस विराटनगरमा हिजो विहाननैबाट नोबेल क्यान्सर अस्पतालको प्राङगणबाट सहिद रंगशाला सम्मको ५ किलोमिटरको मिनी म्याराथुनबाट सुरु गरी साँझ सम्म कार्यक्रमहरु गरिएको थियो । यस अवसरमा म्याराथन दौड, क्यान्सर सचेतना र्‍याली, स्लो साइक्लिङ्ग तथा पारा—साईक्लिङ्ग प्रतियोगिता, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) को आयोजना गरिएको थियो।

मिनी म्याराथुनको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका समाजिक बिकास मन्त्री पाँचकर्ण राईले प्रमुख आथित्यता ग्रहण गरेका थिए भने विशेष अतिथि प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत, लायन्सका गर्भनर बिकाश अधिकारी, लायन्स जिल्ला ३२५ सि लायन्स इन्द्र खत्री (राजन), नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, उप–निर्देशक डा. मुक्ति आचार्य, प्राचार्य प्रा. डा. राम हरि घिमिरे, सह—प्रधानाध्यापक डा. ऋतु शर्मा बराल, क्यान्सर उप—निर्देशक डा. प्रदीप भण्डारी, महाप्रबन्धक दिपेश राई, नर्सिङ निर्देशक गंगा अधिकारी, स्त्री तथा प्रसूति विभाग प्रमुख डा. गेहनाथ बराल, एनेस्थेसिया विभाग प्रमुख डा. वन्दना पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिस्पर्धात्मक कार्यक्रममा विजयीहरुलाई साँझ आयोजित साँस्कृतिक कार्यक्रममा पुरस्कृत गरिएको थियो । यस क्रममा मिनी म्याराथुन प्रतियोगितामा केन्याका नागरिकको पनि उपस्थिति रहेको थियो र उनी प्रथम भएका थिए ।

विराटनगरको प्रसिद्ध ब्याण्ड द सूभम एण्ड स्मृतीको प्रस्तुती समेत रहेको थियो । सचेतनामूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहररुले क्यान्सर विरुद्धको जागरूकता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

काठमाडौं । चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा अबदेखि शत प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ ।

यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था संशोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।

निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्ननुपर्ने व्यवस्था गरिएको छ ।

चुरोटका लागि निर्देशिकामा विभिन्न पाँच वटा खतराका चित्र र सन्देशहरू राखिएको छ । यस्तै बिँडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि ८० प्रतिशत खतराका चित्र र २० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने व्यवस्था निर्देशिकामा छ ।

निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको बट्टा र प्याकेट राख्ने पेटी, पार्सल र प्याकेजिङको सहायक माथिल्लो भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूमपानले ज्यान लिन्छ’ भन्ने चेतावनीमूलक सन्देश, सहायक दायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धूमपानमा नाइट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन, धूमपान गर्न छोडौं’ भन्ने चेतावनीमूलक सन्देश र तल्लो दश प्रतिशत भागमा ब्राण्ड नाम उल्लेख गर्नु पर्ने छ ।

त्यस्तै सहायक बायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धूमपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साईडले मुटु र फोक्सोको रोग लाग्छ धूमपान गर्न छोडौं’ भन्ने चेतनामूलक सन्देश र तल्लो दश प्रतिशत भागमा उत्पादकको नाम र ठेगाना छाप्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

‘उत्पादक लगायत कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुर्तिजन्य पदार्थको प्रवर्द्धन हुने गरी कुनै सन्देश, सामग्री, रङ्ग, चित्र आदि राखेर प्याकेजिङ वा लेबल गर्न पाइनेछैन,’ निर्देशिकामा उल्लेख छ ।

यो निर्देशिका पारित भएको मितिले १८० दिनपछि लागू हुने निर्देशिकामा उल्लेख छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरूप उक्त क्लिप सेयर गरेका छन् ।

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक स्वतन्त्रता वञ्चित गरेकोमा विरोध स्वरूप गीत पुनः सेयर गरेको उनको सचिवालयले जनाएको छ ।

उनले बोल्न नदिने ऐन ल्याउने सरकारको कदमको विरोध गरेको बताएका हुन् ।

यस्तो छ भिडियो :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाबारे छलफल भएको हो ।
छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु विन्दू खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीयरुपमा काम हुने विश्वास व्यक्त गर्दै उत्पन्न समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन आग्रह गरे ।

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं. २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको हालसम्मको समष्टीगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जंगी अडडले जनाएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा राख्न बुधवार आदेश दिएको हो ।

थुनछेक बहस नसकिएकोले भोलि(बिहीबार) ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस सुरु भएको छ ।

काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत्त फेला परेकी छन् ।

उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। आज नेप्से ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ। 

नेप्से घट्दा पनि फाइनान्स समूहमा भने उछाल आएको छ । आज फाइनासन्स समूह ५.६३ प्रतिशतले बढेको छ । आज १३ वटा समूहमध्ये ५ समूह बढ्दा फाइनान्समा उछाल आएको हो । 

कारोबारमा पनि गिरावट आएको छ । आज ९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ । 

आज १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

 यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ७५२ पटक शेयर किनबेच भएको छ ।

काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गरेको हो।

गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ।

‘सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबिचको अन्तरजातीय बाल विवाह विवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जाकारी समेत थिएन। कानुन कार्यान्वयनमा देखिएका अवरोध हटाउन तल्लिन गृहमन्त्री लेखकले समाजमा छुवाछूत र जातीय विभेद् बढाउने जस्ता अपराधिक गतिविधिमा शुन्य सहनशीलताको नीति लिनुभएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ।

साथै गृहमन्त्री लेखकले सो घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक छानविन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिनुभएको छ। उक्त घटनामा नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।

त्यसपछि ३ पुसमा मात्र कपिलवस्तु जिल्ला अदालतमा सत्येन्द्रकुमार राम र स्नेहा रौनियारबिच विवाह दर्ता भएको थियो। अहिले सत्येन्द्रकुमार राम बाल विवाहको कसुर जिल्ला अदालत सर्लाहीले तीस हजार रुपैयाँ धरौटीमा छुटेको र मुद्दा विचाराधिन अवस्थामा रहेको छ।

प्रहरीले सो विषय जातीय नभइ कानुनी विषय भएको भन्दै गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा अन्य प्रहरी कर्मचारीहरुप्रति लाञ्छना लगाउने भ्रमपूर्ण समाचार प्रति विस्वास नगर्न हुन अनुरोध गरेको छ।

बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ। बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो।

पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए। उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए।

उनका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक लाइट बाल्ने प्रविधि सुरु गर्न लागेको बताए।

उनले भने, ‘यसलाई बटन क्रसिङ भन्छ। जबसम्म यसमा रहेको बटनलाई पुस गरिँदैन यसले काम गर्दैन। पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ। अहिले जथाभावी क्रस गर्ने भएको कारण सुरक्षित छैन। अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं। यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ। र ढुक्कका साथ बाटो काट्नसक्छ। यात्रुको सुरक्षालाई मध्यनजगर गरेर काठमाडौं महानगरपालिकाले यो कामहरु गर्न थालेको हो।’

सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुशी भएका छन्। पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास लिए। पद्मकन्या अगाडिको सडकमा महिनैपिच्छे दुर्घटना हुने भएको कारण काठमाडौं महानगरको यस कार्यको प्रशंसा गरे।

उनले भने, ‘रोड सेफ्टीको लागि जुन यो ट्राफिक लाइट र बटन राखिदिनुभएको छ यो एकदमे उदाहरणीय काम भएको छ। पहिले हामी कलेज आउँदा जाँदा दुर्घटनाको समस्या थियो। सही समयमा सही ठाउँमा राखिदिनुभएको छ। यसको लागि धेरै धेरै धन्यावाद दिन चाहन्छु।’

पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर उक्त प्रविधि सञ्जालनमा आएको बताइन्। उनले सडक सुरक्षाको मापदण्डमा काठमाडौं महानगरले अवलम्बन गरेको उक्त मापदण्ड सबैभन्दा उत्तम रहेको बताए। उनले जेब्रा क्रसिङ गर्नको लागि उक्त प्रविधिले दिने समयबारे केही समयको अभ्यासपछि पुनरावलोकन गर्न सकिने बताए।

काठमाडौं महानगरपालकाले सडक सुधार आयोजनाअन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ।

चितवन । साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको (क) नम्बरमा रहेकाले सुरुमै रविको बयान सुरु हुनेछ ।

उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ । गए राति काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आइपुगेका लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगीको अभियोग लागेका लामिछानेसँग आज जिल्ला अदालत चितवनले बयान लिनेछ । बयानपछि दुई पक्षको बहस हुनेछ र थुनछेक आदेश आउने छ । जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जनाविरुद्ध पूरक मुद्दा दायर गरेको थियो । अदालतमा आजैदेखि उनको बयान सुरू हुनेछ ।

रवि १० नबज्दै अदालतमा उपस्थित भएको जिल्ला अदालतमा श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए। उनी हिजो नै चिवतन पुगेका थिए । १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ । गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दा मात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।