२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार २०० रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो राम्रो भविष्यको लागि कठोर निर्णयहरू लिनुपर्ने समय रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहकर्मीहरूबाट सोचेजस्तो सहयोग मिल्नेछ। इष्टमित्रहरूको सहयोग गर्नुहोस्। कार्यक्षेत्रमा बिलम्ब हुनेछ। व्यापार व्यवसायको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आवश्यकता भन्दा धेरै उदारवादी स्वभावले समस्या निम्त्याउन सक्ला। आफ्नो क्षमतामा विश्वास गरेर कार्यक्षेत्रमा अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सानोतिनो विवादको कारण ठूलो समस्या उत्पन्न हुनसक्छ। नोकरी वा पेशामा कार्यलाई टाल्नु भन्दा पूरा गर्ने प्रयास गर्नुहोस्। कारोबारमा विस्तारको योजनाहरू बन्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा धेरै कुरा खेलाउनाले नकारात्मक विचार आउनेछ। संकटको समय मित्रहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अड्किएका कानुनी मामिलाहरू सुल्झिनेछन्। आफ्नो सामाजिक स्तर बढाउन सक्नुहुनेछ। साझेदारी व्यापारमा मनमुटावको सम्भावना रहेको छ। धैर्यले काम गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक यात्राको लागि नयाँ अवसरहरू मिल्नेछ। कार्य क्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोला। महत्वपूर्ण मामिलाहरूमा निर्णय लिनुभन्दा अघि जानकार वा शुभचिन्तकहरूको सल्लाह लिनुहोस्। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा रिसाएका मित्रहरूलाई सन्तुष्ट गर्न सकिनेछ। परिवारसँग भ्रमणको कार्यक्रम बन्नेछ। हजुरको सल्लाहबाट अरुले लाभ पाउनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा मिठो बोल्ने प्रयास गर्नुहोस्। छर छिमेकीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। परिवारमा सम्पत्तिलाई लिएर विवाद हुन सक्ला सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनत र अनुशासनले जीवनमा सफलता मिल्नेछ। आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्नुभन्दा निभाउने प्रयास गर्नुहोस्। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। आयस्रोत बढ्नेछ। विवादास्पद कार्य सम्पादन गर्नमा सफल भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आकस्मिक धनलाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

 

सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत  शुक्रबारदेखि यो सेवा थालेको हो। 

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रम स्वीकृति प्रदान गरे। 

राजदूत अर्यालले नेपाली श्रमिकको हकहितका लागि हरेक किसिमको सहयोग गर्ने बताए। महानिर्देशक खत्रीले श्रम स्वीकृतिविना विदेश आउँदा हुने समस्याबारे सचेत गराए।

ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । अस्ति र हिजो दुई चलेको वार्तापछि सहमति भएको हो ।

गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।

त्यस्तै सरकारले घोषणा गरे अनुसार आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानूनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।

मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्तामा माग भएको पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगक (सरु) ले हस्ताक्षर गर्नुभएको छ ।     

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो ।

युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोपको मूल्यमा वृद्धि भएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ६० पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१  पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्यांक दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९६ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्री दर ३१ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्री दर १९ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ०४ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूयैयाँ ०९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।