२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

मुम्बइ । महाकुम्भ २०२५ मा माला बेच्न आएकी एक युवती आफ्नो आँखा र प्राकृतिक सौन्दर्यका कारण रातारात भाइरल भइन् । उनको लोकप्रियता यति बढ्यो कि उनी कुम्भ छोडेर मध्य प्रदेशमा आफ्नो घर फर्किनु पर्‍यो । उनको लोकप्रियताका कारण उनको एउटा फिल्म छ र यसको सुटिङ अब १२ फेब्रुअरीबाट दिल्लीको इन्डिया गेटबाट हुनेवाला थियो ।

तर, त्यहाँ सुटिङको अनुमति नपाएपछि फिल्मको छायांकन अहिलेका लागि स्थगित गरिएको छ । यति मात्र होइन, फिल्मसँगै धेरै ब्रान्ड पनि उनको नजिक रहन थालेका छन् । हो, हामी हामी कैला आँखा भएकी महाकुम्भकी भाइरल मोनालिसाको कुरा गर्दैछौं । महाकुम्भको भाइरल गर्ल मोनालिसाले यस्तै एउटा ब्रान्डलाई बचन दिएकी छन ।

मोनालिसाको फिल्मको प्रमोशन हेरिरहेका टोलीले एउटा ठूलो ज्वेलरी ब्रान्डले सम्पर्क गरेको बताएको छ । यसका लागि उनलाई १५ लाख रुपैयाँ पनि दिइँदैछ । यस सम्झौता अन्तर्गत मोनालिसा पनि १४ फेब्रुअरीमा यस ब्रान्डको एक कार्यक्रममा सहभागी हुन केरला जादैँ छिन् । यसरी महाकुम्भकी भाइरल गर्लले अर्को ठूलो प्रोजेक्ट हात पारेकी छिन् ।

महाकुम्भबाट फर्किएपछि मोनालिसा युट्युबमा पनि सक्रिय भएकी छिन् र त्यहाँ भिडियो बनाइरहेकी छिन्, जसलाई निकै रुचाइएको छ । मोनालिसाको डेब्यु फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । मोनालिसाको यो फिल्मलाई सनोज मिश्रले निर्देशन गर्दैछन्, जसले उनलाई आफ्नो गाउँ पुगेपछि फिल्म ‘डायरी अफ मणिपुर’ का लागि साइन गराएका हुन्। चलचित्रमा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । मोनालिसाले फिल्मका लागि करिब २१ लाख पारिश्रमिक लिएको बताइएको छ । उनलाई हस्ताक्षर रकम १ लाख दिइएको थियो ।

काठमाडौं । विश्वव्यापी लगानीकर्ताहरू अनिश्चितताका बेला सुरक्षित लगानीको विकल्प खोज्दा प्रायः सुनतर्फ आकर्षित हुने गर्छन् । हालैका दिनमा अमेरिकाले विभिन्न देशहरूबाट आयात हुने सामग्रीमा थप शुल्क लगाउने नीति अवलम्बन गरेपछि विश्वव्यापी व्यापार युद्धको सम्भावना बढ्दै गएको छ । यसको प्रभाव नेपाली बजारमा प्रत्यक्ष रूपमा देखिएको छ ।

पछिल्ला केही महिनायता सुनको भाउ उच्च बिन्दुमा पुगेको छ । वैवाहिक सिजन नजिकिँदै गर्दा व्यवसायीहरूले सुनको मूल्य ऐतिहासिक उच्च विन्दु पार गर्न सक्ने अनुमान गरेका छन् । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यकाअनुसार अमेरिकाका राष्ट्रपतिले विभिन्न देशमा लगाउने भनेको भन्सार शुल्कका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको छ । ‘नयाँ नीतिका कारण सुनको मूल्य निरन्तर बढेको छ,’ उनले भने, ‘यसरी नै बढ्दै गयो भने केही दिनमै १ लाख ७५ हजार रुपियाँ पुग्ने देखिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर ३ हजार डलर पुग्ने देखिएको छ, त्यतिबेला स्थानीय बजारमा प्रतितोला सुनको मूल्य तोलामा दुई लाख आसपास पुग्ने अनुमान गरिएको उनको भनाई छ ।

गत कार्तिक १५ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चतम विन्दुमा अर्थात् प्रति तोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । मंसिर महिनामा केही गिरावट आएर १ लाख ५१ हजार ३ सय रुपैयाँसम्म झरे पनि हाल फेरि मूल्य वृद्धिको क्रम देखिएको छ । माघ २९ गतेसम्ममा यो १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स सुनको मूल्य २ हजार ९ सय २० डलर पुगेको छ, जुन पाँच वर्षअघि करिब १ हजार ६ सय डलर थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार सुनको मूल्य अझै बढ्न सक्ने संकेत देखिन्छ । अमेरिकी व्यापार नीतिहरू, डलरको बढ्दो विनिमय दर, र विश्वव्यापी आर्थिक अस्थिरताका कारण लगानीकर्ताहरू सुनमा आकर्षित भइरहेका छन् । रसाइलीका अनुसार निकट भविष्यमा प्रति आउन्स ३ हजार डलर पुग्ने सम्भावना छ ।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२४ मा विश्वव्यापी रूपमा सुनको माग ४ हजार ९ सय ७४ मेट्रिक टन पुगेको छ, जुन ऐतिहासिक रूपमा उच्च हो । लगानीका लागि मात्र १२ सय टन सुन खरिद गरिएको छ भने केन्द्रीय बैंकहरूले १ हजार टन सुन संकलन गरेका छन् । चीन र भारत सुन सञ्चय गर्ने प्रमुख देशहरूमध्ये पर्दछन् ।

नेपाल राष्ट्र बैंकका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले विदेशी विनिमय सञ्चिति विविधीकरण गर्ने उद्देश्यले विभिन्न देशका केन्द्रीय बैंकहरू सुनमा लगानी गरिरहेको बताए । हाल नेपाल राष्ट्र बैंकसँग झन्डै २३ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार नेपालले सुनलाई विदेशी विनिमय सञ्चितिको महत्त्वपूर्ण अंशका रूपमा हेर्ने गरे पनि हाललाई आक्रामक लगानी गर्ने योजना छैन । तर, आवश्यकताअनुसार नीति परिमार्जन गर्दै जाने उनको भनाई छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउनमा सफलता मिल्नेछ। अतिथीको आगमनले मन हर्षित हुनेछ। आजको शुभ रंग ब‌ैजनि हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  कार्यक्षेत्रमा लगनशीलताले अड्केका कार्यहरू प्रारम्भ हुनेछन्। रुचिको काम नमिल्नाले मन अप्रसन्न रहला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा हजुरले गरेको मेहनतको लाभ अरुले लिन सक्छन्। आत्मविश्वासको कमीले महत्त्वपूर्ण कार्यहरू सम्पादन हुनमा बाधा आउनेछ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) उद्योग व्यापारमा मनग्य लाभ मिल्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन नलाग्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्य प्रारम्भ गर्दा जानकारको सल्लाह लिनुहोला। रोकिएको योजनामा पुनर्विचार गर्न सक्नुहुनेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीको व्यवहारले शंका उब्जाउन सक्ला सोचविचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीको व्यवहारले शंका उब्जाउन सक्ला सोचविचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मेहनतको परिणाम प्राप्त गर्न श्रम धेरै गर्नुपर्ला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला नभए समस्या निम्त्याउन सक्नुहुनेछ। अरुको लागि श्रम र बुद्धि खर्च गर्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। यात्रा सुखद रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्था नगर्नुहोस्। पेट सम्बन्धी समस्याले सताउन सक्छ त्यसैले खानपानमा ध्यान दिनुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तानको प्रगतिलाई देखेर मन प्रसन्न रहनेछ। आर्थिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। कार्यक्षेत्रमा मित्रको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज (बुधबार) विधिपूर्वक समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।

आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।