२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

काठमाडौं । काठमाडौंको कमलादीस्थित शानदार मःम पसलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (फागुन २) दिउँसो साढे १ बजे प्रजित लामाको मृत्यु भएको हो । यसअघि, माघ २८ गते राति दुई जनाको मृत्यु भएको थियो । त्यहाँ आगलागीमा परी ११ जना घाइते भएका थिए ।

गएको माघ २४ गते बिहान ग्यास चुहावट भई उक्त मःम पसलमा आगलागी भएको थियो । त्यहाँका अरू कामदारसँगै त्यति बेला लामा पनि घाइते भएका थिए । शानदार मःम पसलमा आगलागीमा परी घाइते भएका अरू सात जनाको उपचार चलिरहेको छ । कीर्तिपुर बर्न अस्पतालमै उनीहरूको उपचार भइरहेको छ । उनीहरू सबै सात जनाकै अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. विशाल कार्कीले जानकारी दिएका छन्।

पाल्पा । सुन्तला खेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन् । पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन् । पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।

विशेष गरी जिल्लाको पश्चिमी भेगका किसान सुन्तलाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पाल्पाकै निस्दी गाउँपालिका–५ बहपुरका किसानलाई भने सुन्तलाको आम्दानी हात लाग्यो शून्य जस्तै बनेको छ । ‘यही सुन्तलाको बोटबाट कुनै वर्ष रु चार लाखसम्म आम्दानी लिए, अहिले भने बोट यिनै हुन्, आम्दानी शून्य छ’, सुन्तला बगैँचा देखाउँदै तेजन सुनारीले आफ्नो समस्या सुनाए । सुन्तला खेती उनको परिवारको गुजारा हो । सुन्तला फलाएर आम्दानी बटुलेका सुनारीलाई अहिले केही आम्दानी नहुँदा चिन्तित छन् ।

‘सुन्तला पाक्ने बेला हुन थालेपछि व्यापारी घरमै आएर खरिद गर्ने गर्नु हुन्थ्यो, घरबाटै बिक्री हुन थालेपछि सजिलो भयो, आम्दानी राम्रै भइरहँदा हर्षिएर क्षेत्र विस्तार गर्दै गए, राम्रै फल दिने क्रममा बोटमा विभिन्न समस्या देखिने र एक्कासी उत्पादन घट्न थाल्यो’, सुनारीले भने, ‘सुन्तला बेचेर आम्दानी लिइरहेको मनमा झलझली छ, के गर्नु विगत सम्झेर मनमा पीडा लुकाएर बस्नु परेको छ ।’

फेदको जराको बोक्रा कुहिने, बोट पहेलिँदै जाने, बोक्रा नै नहुने, विस्तारै खानेकुरा सोस्न कम हुँदै जाँदा बोटको टुप्पोबाट सुक्दै जाने समस्या देखिएको उनले बताए । खाद्यतत्व नपुगेपछि फल लागेता पनि दाना स्वादिलो नहुने उनले जनाए । उनको घरवरपर रहेका बगैँचामा साना ठूला गरेर एक हजार २०० बोट छन् । फल्न लाग्दा सबै बोट अनुत्पादक बनेका छन् । आम्दानीकै हिस्सा गुमेको उनी बताउँछन् ।

‘उत्पादनको सुरुआती अवस्था अत्यन्तै उत्साहजनक नै थियो, पछिल्ला वर्षमा प्रकोप महामारीका कारण आम्दानी शून्य बनेको छ, प्रकोप फैलिएपछि नयाँ बिरुवा लगाएको छैन, घर वरपर, आँगनका डिल, बारीमा लटरम्म सुन्तला फल्ने हरियाली बोट अहिले रोगले सुकेर उजाडिएको छ’, सुनारीले भने ।

घरमा दुई–चार बोट घरायसी प्रयोजनका लागि लगाइने गरेकामा व्यावसायिक खेती भने सुनारीले २०६२/६३ देखि थालनी गरेका हुन् । करिब ५० बोटबाट व्यावसायिक खेती सुरु गरेका उनले आम्दानी भने २०६७/६८ देखि लिएको बताए । सुनारीले सुन्तला बिक्रीबाट २०७४/७५ सम्म आम्दानी राम्रै लिए । त्यसयता भने क्रमिक रुपमा बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दो क्रममा रहेको उनले जानकारी दिए ।

वार्षिक रु चार लाखसम्म आम्दानी गर्न सफल सुनारी विगत तीन वर्षयता भने आम्दानीविहीन नै बनेका छन् । सुन्तला बगैँचामा अहिले मकै, सिमी, अदुवा जस्ता बाली लगाउन थालेका छन् । कुनै बेला गाउँमा सबैभन्दा धेरै सुन्तला बेच्ने किसानका रुपमा पहिचान दिएका सुनारी अहिले घरायसी प्रयोजनका लागि उत्पादनन हुँदा सुन्तलाको पहिचान गुम्छ कि भन्ने चिन्तामा परेका छन् ।

बहपुर गाउँमा १७ घरको बासोबास छ । यहाँका किसानले सुन्तलाबाट राम्रै आयआर्जन हुने सम्भावना देखेपछि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । पहिला सबैका घरमा सुन्तला राम्रै उत्पादन हुन्थे भने अहिले रोग लागेपछि दुई घरमा मात्रै उत्पादन सीमित बनेको छ । यहाँ पछिल्लो पाँच वर्षयता बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दै गएको हो । सडक सुविधा पुगेसँगै बजारीकरणमा सहज हुँदा सुन्तला व्यवसायमा हौसिएका किसान उत्पादन लिन नपाउँदा निराश बनेका छन् ।

बहपुर गाउँमा २०७५ अघिसम्म २२५ रोपनी जमिनमा तीन हजार ६०० सुन्तलाका बोट थिए । सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट पुर्‍याइएको थियो । त्यसमध्ये अधिकांश बोट मरिसकेका छन् । समस्याबारे विभिन्न निकायलाई जानकारी गराइएको छ । अहिलेसम्म समाधानका उपाय भने कुनै पनि निकायबाट नआउँदा व्यवसाय गर्ने कि नगर्नेमा किसान अन्यौलमा परेका छन् । अहिले बिरुवा हटाएर चार÷पाँच वर्षपछि नयाँ बिरुवा लगाउने निष्कर्षमा किसान पुगेका छन् ।

मलजल, सिँचाइ व्यवस्थापन नपुग्दा पछि विस्तारै खाद्य तत्वको कमीले विभिन्न समस्या देखापरेको हुनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख सन्तोषलाल चौधरी बताउँछन् । यो रोग पत्ता लगाउन माटो परीक्षण नै गर्नुपर्ने उनले बताए । ‘समस्या देखिएका स्थानको माटो परीक्षण गरेर मात्रै बगैँचा सुधार गरी नयाँ बिरुवा लगाउनुपर्ने हुन्छ, त्यसका लागि कार्यालयले सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर माटो परीक्षण शिविर राख्ने, सुन्तलाको व्यावसायिक खेती गर्न इच्छुक किसानबाट माग आएमा कार्यालयबाट निःशुल्क बिरुवा उपलब्ध गराउन सकिन्छ’, उनले भने ।

जिल्लामा यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको कार्यालयको तथ्याङ्क छ । रु छ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको प्रमुख चौधरी बताउँछन् । गत वर्ष आठ हजार ८६१ मेट्रिकटन उत्पादन भएकामा यस वर्ष बढेर नौ हजार ९८ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यस पटक करिब ३३७ मेट्रिक टन उत्पादन बढेको पाइएको छ ।

सुन्तला उत्पादनका लागि जिल्लाभित्र एक हजार १९६ हेक्टर क्षेत्रफल रहे पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । यहाँका १० पालिकामध्ये छ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला खेती हुने गरेको छ । सुन्तलाखेतीलाई व्यवसायीकरणमा जोड दिँदा किसानले आम्दानी राम्रो लिन थालेका छन् । सडक सुविधा तथा बजार सहज हुँदा किसानले क्षेत्रफल विस्तार गर्दै गएका छन् । अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै आयस्रोत लिन पाइने सम्बद्ध किसान बताउँछन् ।

यस वर्ष रैनादेवी छहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिकटन, रिब्दिकोट गाउँपालिकामा ३९६ क्षेत्रफलमा तीन हजार १८४ मेट्रिकटन, बगनासकाली गाउँपालिकामा ११३ हेक्टरमा ९१० मेट्रिक टन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिकटन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिकटन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

मोरङ । विराटनगरमा शोरुम फुटाएर नयाँ कार चोरी गरिएको छ । तर चोरी गरिएको कार प्रहरीले फेला पारिसकेको छ । चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपालले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कार चोरी भएको जानकारी दिए । घटनाका बारेमा प्रहरीले शुक्रबार बिहान ९ बजेतिर जानकारी पाएको थियो ।

घटनाको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका व्यक्तिले शोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरी लगेको सीसी क्यामेरा फुजेटमा देखिने इन्स्पेक्टर ओलीले बताए ।

उक्त कारको मूल्य ८० लाख बढी पर्ने जानकारी शोरुमले प्रहरीलाई दिएको छ । शोरुमबाट चोरी भएको रातो रंगको कार प्रहरीले सुनसरीको इनरुवामा फेला पारेको छ । कार चोरीमा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई सुनसरीको इनरुवाबाट गाडीसहित पक्राउ गरिएको हो । पेट्रोल सकिएपछि बिनले कार अघि बढाउन सकेका थिएनन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिनले शोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ । शोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको प्रहरीले जनाएको छ । गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर लैजानलाई सजिलो भएको पाइएको इन्स्पेक्टर ओलीले बताए । शोरुममा रहेको सीसी क्यामेराको फुटेजबाट अनुसन्धान सुरु गरिएसँगै चोरीमा संलग्नलाई पक्राउ गरेर कारसमेत फेला पारिएको उनको भनाइ छ ।

 

 बाराको कलैयामा रहेको एउटा सुधार केन्द्रमा विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ भने प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनस्र्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कलैया उपमहानगरपालिका–९ का धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको कुटपिटका कारण मृत्यु भएको हो। 

सुधार केन्द्रमा विहीबार राति २ बजे कुटपिट भएको थियो।

मृतक मण्डल सुधार केन्द्रमा१५ दिनअघि भर्ना भएका थिए। सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि कुटपिट भएको बताइएको छ।

कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल लैजानासाथ मण्डल मृत घोषणा गरियो।

कुटपिटमा संलग्न कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। पीडितको उजुरीपछि थप अनुसन्धान सुरु भएको छ।
 

मुग्लिङ–नारायणगढ सडक खण्डबाट एउटा मोटरसाइकल त्रिशूली नदीमा खसेको छ ।

सडक छेउमा बनाइएको वालमा ठोक्किएर २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशूलीमा खसेको हो ।

घटनास्थलमा भेटिएका कागजपत्रबाट मोटर साइकल चालक लमजुङ चन्द्रेश्वर –३ का २७ वर्षीय रोहित राना रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी भारतीय सेनामा आबद्ध रहेको परिचयपत्र घटनास्थलमा भेटिएको छ । प्रहरी, सशस्त्र प्रहरी र गोताखोरको टोलिले उद्धार कार्य जारी राखेका छन् ।

पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै उच्च पारिश्रमिक लिने खेलाडीको सूचीको पहिलो स्थान रहेका छन्।

स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पोर्टिको सार्वजनिक गरेको नयाँ सूचीमा शीर्ष एक सयभित्र महिला खेलाडी भने परेनन्।

शीर्ष एक सयको सूचीमा फुटबल, एनबीए, एनएफएल, गल्फ र बक्सिङका खेलाडीले वर्चश्व जमाएका छन्। यी खेलाडीले संयुक्त रूपमा गत वर्ष ६ दशलमव २ बिलियन अमेरिकी डलर आम्दानी गरेको बताइएको छ।

जसमा ४ दशमलव ८ बिलियन डलर पारिश्रमिक र पुरस्कार राशि तथा १ दशलमव ४ बिलियन डलर इन्डोर्समेन्टबाट प्राप्त भएको हो।

रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासारसँगको आकर्षक सम्झौता कारण लगातार दोस्रो वर्ष सर्वाधिक महँगो खेलाडी बनाएको हो।

उनको कुल आय २६० मिलियन डलर छ। गत साता आफ्नो ४० औं जन्मदिन मनाएका रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक र ४५ मिलियन डलर इन्डोर्समेन्टबाट कमाएको स्पोर्टिकोले उल्लेख गरेको छ।

दोस्रो स्थानमा एनबीए क्लब गोल्डेन स्टेट वारियर्सका स्टेफन करी छन्। उनको गत वर्षको आम्दानी १५३ दशलमव ८ मिलियन डलर थियो। जुन रोनाल्डोको भन्दा एक सय मिलियन डलरभन्दा बढीले कम हो।

बिट्रिस बक्सर टाइसन फ्युरी १४७ मिलियिन डलरका साथ तेस्रो स्थानमा रहे। शीर्ष पाँचभित्र अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पनि छन्। उनको आम्दानी १३५ मिलियन डलर छ।

एन्जल्स लेकर्सका फरवार्ड लेवोर्न जेम्स पाँचौं स्थानमा परेका छन्। उनी एनबीए खेल्ने एक मात्र ४० वर्षका एथ्लिट हुन्। शीर्ष एक सयभित्र २७ देशका आठ खेलका खेलाडी परेका छन्।

२०२३ मा अमेरिकाकी टेनिस खेलाडी कोको गौफ महिलातर्फ सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेकी थिइन्। यो पटक भने महिला खेलाडी शीर्ष एक सयभित्र पर्न सकेनन्।

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्न थालेको छ। बिहीबार दुबईमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा आरम्भ गरे।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए।

उनले सम्बन्धित राजदूतावासबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झञ्झटबाट मुक्त हुने र आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए।

मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकुल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको बताए।

संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए।

राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे।

कार्यक्रममा श्रमसम्बन्धी अन्तरक्रि या पनि आयोजना गरिएको थियो। वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो।

काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ ।

कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो ।

‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

दुई पाङ्ग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि धुवाँको घनत्व ९स्मोक डेन्सिटी० अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।

अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुसिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रकलगायत छन् ।

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ।

प्रणय दिवसमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन्। आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन्।

विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।

पश्चिमा मुलुकमा निकै ठुलो महत्व बोकेको भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मंगलवबार नेपालमा पनि उत्तिकै उत्साहका साथ मनाइँदै छ। यो ‘पर्व’ विशेषगरी युवा पुस्तामाझ निकै लोकप्रिय हुँदै आएको छ।

यो पर्व जति रोचक छ, त्यति नै यसको इतिहास पनि चाखलाग्दो छ।

एकजना भ्यालेन्टाइन नाम गरेका पादरी (सेन्ट) ले रोमन साम्राज्यका सम्राट्को आदेशविपरीत प्रेमी जोडीको विवाह गराइदिएका कारण ती पादरीलाई मृत्युदण्ड दिइएको थियो।

प्रेमका लागि बलिदान दिएको यी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ। इतिहासकारले यसैलाई ‘भ्यालेन्टाइन्स डे’ को सुरुवात भएको मान्छन्।

को थिए सेन्ट भ्यालेन्टाइन ?

रोमन सम्राट्ले साम्राज्यको स्थापनादेखि नै सैनिकलाई विवाह गर्न बन्देज लगाएका थिए। त्यसो हुँदाहुँदै पनि केही रोमन सैनिक आफूलाई खटाइएको स्थानका महिलासँग विवाह गर्थे।

सन् २३५ मा त्यतिबेलाका रोमन सम्राट् सेभरस अलेक्जेन्डरको हत्यापछि रोमन साम्राज्यमा अशान्ति मच्चिएको थियो। एकातिर महामारी र गृहयुद्ध अर्कातिर आर्थिक संकट इत्यादि कारणले रोमन साम्राज्यको अवस्था दयनीय थियोे। यो अवस्थामा रोमन सैनिकहरुले विवाहलाई प्रतिबन्ध गर्ने नियमको बेवास्ता गर्न थाले।

इसाई धर्मगुरु सेन्ट भ्यालेन्टाइनले सन् २६० को दशकतिर सयौं वा हजारौं रोमन सैनिकको विवाह गराएको मानिन्छ। यो थाहा पाएपछि तत्कालीन सम्राट् क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए। सम्राट् क्लाउडियसले उनलाई आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएका थिए, तर उनले मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकर बताउँछन्। त्यसपछि उनलाई जेलमा राखिएको थियो।

जेलमा रहँदा उनले आफ्नै जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ। त्यसपछि उनलाई मृत्युदण्ड दिइयो। मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइन’ बाट भन्ने सन्देशसहितको पत्र लेखेको किंवदन्ती छ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने समय छ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयाेजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्नेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। केही रकम खर्चिएर पनि तारिफयोग्य काम सम्पादन गरिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन अलि सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। तापनि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि फल पाउन समय लाग्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेत गर्दा कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अलमल गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी प्रशस्तै भए पनि रकम सञ्चय भने नहुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ। प्रतिस्पर्धीहरूले अलि दु:ख दिन सक्छन्। पछिका लागि भने विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजाेर रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।