२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

पोखरा- कार्यकक्षमै वडा सचिवलाई कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बन्दीपुरले बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई पक्राउ गरेको हो।

वडाध्यक्ष गुरुङले वडा सचिव नवीन भुसाललाई बिल भुक्तानीका लागि दबाब दिदैं नमानेपछि सोमबार विहान कुटपिट गरेका थिए।
गाला र घाटीमा चोट लागेका वडा सचिव भुसालको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात भरतपुर लगिएको छ।

गाउँपालिकाले कानुन बमोजिम कारबाहीका लागि निवेदन दिएपछि वडाध्यक्षलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए 

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा नेपालकी छात्रा मृत भेटिएपछि नेपाली विद्यार्थीहरू लखेटिएका छन् । उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ती बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ ।

नेपाली छात्राको शंकाष्पद मृत्युलाई लिएर विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, कलेजले विद्यार्थीहरूलाई होस्टेल छोड्न चेतावनी दिएको थियो ।

त्यसअघि कलेजका शिक्षिकाहरूले नेपाली विद्यार्थीहरूलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ ।

डीएनए इन्डियान्यूजले हालेको एउटा भिडिओमा विद्यार्थीहरूलाई उनीहरूका लगेजसहित गाडीमा ओसारिएको देखिन्छ । एक विद्यार्थीले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू बिचल्लीमा रहेको बताए ।

उनले भनेका छन्, ‘हामीले रातिदेखि केही खाएका छैनौँ । साथमा पैसा पनि छैन । ट्रेन कति बेला आउँछ थाहा छैन । हामी अलपत्र परेका छौ ।’

काठमाडौँ । नेपाल भाषाको लवजमा गीत गायर गायक कुमा सागरलाई गिज्याएको आरोपमा दुई जना कमेडियन विरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । नेवार समुदायका व्यक्तिहरूले कमेडियन सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटा विरुद्ध निवेदन दिएका हुन् ।

कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ । विवादबारे दुवै पक्षलाई राखेर छलफल गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

 

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलनामा कारबाही किन नगर्ने भनी प्रश्न गरेको छ।

अध्यादेशमार्फत गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गरी बिक्री–वितरण गर्न दिन लागेको भन्दै परेको रिटमा सर्वोच्चले प्रधानमन्त्रीविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो।

सर्वोच्चबाट गत वर्ष जारी भएको परमादेशको अवहेलना भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गराएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? कारवाही हुन नपर्ने कानुनबमोजिमको आधार कारण भए सो आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नु,’ आदेशमा भनिएको छ।

बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गरी बिक्री–वितरण गर्न दिन लागेको भन्दै अर्यालले निवेदन दर्ता गरेका थिए । सर्वोच्चको परमादेश कार्यान्वयन नभएको, प्रधानमन्त्री ओलीसमेतले अवरोध खडा गरेको र अध्यादेश ल्याई जग्गा सट्टापट्टा सहज बनाएको निवेदनमा दाबी छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमेतको संलग्नतामा पछिल्लो सात महिनादेखि अनवरत रूपमा परमादेश कार्यान्वयनमा अवरोध गर्दै आएको निवेदनमा उल्लेख छ ।

 

छोटो समयमा नै चर्चामा आएको कार्यक्रम ‘कमेडी दरबार’बाट अभिनेता बिजय बराल जजको भूमिकाबाट विदा भएका छन्। 

उनको ठाउँमा स्ट्यान्ड अप कमेडीका प्रख्यात मनोज गजुरेल भित्रिएका छन्। 

कमेडी दरबार टिमले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो। 

महाराजाको भूमिकामा देखिँदै आएका अभिनेता विजय बरालको ठाउँमा मनोजलाई ल्याइएको हो। 

विजय अब आगामी एउटा एपिसोडमा मात्र देखिनेछन्। २७ एपिसोडबाट दर्शकले मनोजलाई शोमा देख्न पाउनेछन्।

यसका होस्ट पनि परिवर्तन भएका छन्। पूर्वमिस नेपाल नम्रता श्रेष्ठ पनि अब देखिने छैनन्। 

अब शोका निर्देशक विक्की अगरवाल स्वयंमले सजिना खनालसँग मिलेर होस्ट गर्नेछन्। सजिना मिस सुप्रा नेसनल २०२४ की विजेता हुन्। 

शोलाई विक्की र श्रद्धा प्रसाईले निर्देशन गर्दै आएका छन्। गौरी मल्ल भने जजमा यथावत छिन्।

काठमाडौं । भारतमा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरूमाथि कलेज प्रशासनले दमन गरेको छ ।

भारतको (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएको भन्दै प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालेको हो ।

घटनाबारे छानबिन गर्न माग गर्दै त्यहाँका अरु नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । प्रशासनले त्यसलाई दबाउन उनीहरूलाई कलेजबाट नै निकालेको हो ।

मृत भेटिएकी लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लम्सालको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । उनको मृत्यु शङ्कास्पद रहेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या अभियोगमा उनकै दुई जना साथी पक्राउ परका छन् । माघ २५ गतेदेखि घरबाट हराएका दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगमा उनकै दुई साथीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बालक हराएपछि उनका परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । बालक सम्पर्कविहीन हुनुअघि उनीसँग भएका साथीहरुलाई प्रहरीले सोधपुछ गरेपछि आफूहरुले हत्या गरेर घर नजिकको खोला छेउमा खाल्डो खनेर गाडेको बयान दिएका थिए । उनीहरुको बयानका आधारमा आइतबार १४ र १७ वर्षका बालकलाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवै बालकलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ गरिएका बालकको बयानका आधारमा खोजतलास गर्दा हराएका ती बालकको शव पुरिएको अवस्थामा भेटिएको थियो ।
‘तीन जना मिलेर कुनै घरबाट सुनको गहना तिलहरी चोरी गरी ल्याएका रहेछन्, बिक्री गर्ने क्रममा विवाद हुँदा साथमा भएका एक बालकको हत्या गरिएको रहेछ,’ पक्राउ परेका बालकको बयान उदृत गर्दै डिएसपी दाहालले भने, ‘हराएकै दिन माघ २५ गते बालकको मृत्यु भएको खुलेको छ, कानुनको विवादमा परेका बालकमाथि थप अनुसन्धान जारी छ ।’

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हिम्मत बढ्नेछ भने राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ र चुनौतीहरूसँग जुध्नुपर्नेछ। सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि साँझतिर स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पहिलेकाे उपलब्धि जाेगाउन सफल भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अवसरले उत्साह जगाउनेछ। साँझतिर केही घरायसी समस्याले पिरोल्न सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। साँझतिर उद्योग र व्यापारमा विशेष लाभ हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। साँझतिर विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। परिस्थितिवश सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्चिलाे कामले अर्थ अभावको स्थिति रहनेछ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। आफन्तका बीच स्वादिष्ट भाेजनकाे आनन्द प्राप्त हुनेछ। स्वास्थ्य भने कमजाेर रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। साँझतिर आफ्नाे रकम अरूका लागि खर्च हुनेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला। आँटेको काम पनि राेकिन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजकाे दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजाेर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। तापनि कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। नयाँ काममा हातहाल्ने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा उठाउने बेला छ। साँझदेखि दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न समेत सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिकाे उपयाेगले लक्ष्य पहिल्याउन सकिनेछ। साँझदेखि स्थिति अनुकूल बन्दै जानेछ। श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। सामाजिक कामतर्फ ध्यान जानेछ। समय लागे पनि दिगो योजना बनाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलाे रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजाेर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि आइतबार प्राप्त गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको जानकारी दिए । विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो । 

सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओको संयुक्त पहलमा संसारभरका क्यान्सरपीडित बालबालिकाको जीवन रक्षक औषधिमा पहुँच सुनिश्चित गर्न ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स सन् २०२१ मा स्थापना गरिएको हो । सरकारले गत मङ्सिर १ गतेबाट लागू हुने गरी चार वटा अस्पतालबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ ।

यी औषधिले भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाले निःशुल्क पाउने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । डब्लुएचओका अनुसार नेपालमा हरेक वर्ष करिब नौ सय नयाँ बालबालिकामा क्यान्सर देखा पर्ने गरेका छन् ।  औषधि अभाव र विभिन्न चुनौतीका कारण एक तिहाइ बालबालिकाले मात्र उचित उपचार पाउने गरेको बताइएको छ । 

सन् २०२० मा नेपाल डब्लुएचओको ‘ग्लोबल इनिसीएटिभ अफ चाइल्डहुड’ क्यान्सरको प्राथमिकतामा परेको थियो ।  सन् २०२२ मा नेपाल ग्लोबल प्लेटफर्ममा सहभागी हुन छनोट भएका विश्वभरका छ देशमध्ये एक र विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एक मात्र राष्ट्र बनेको थियो । 

स्वास्थ्य मन्त्रालयले सन् २०२४ को मार्चमा उक्त कार्यक्रम सञ्चालन गर्न सहमति पत्रमा हस्ताक्षर गरेको थियो । सहमतिअनुसार नेपालले बालबालिकाको क्यान्सर उपचारका लागि पाँच वर्षसम्म निरन्तर रूपमा ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधि निःशुल्क प्राप्त गर्नेछ ।

डब्लुएचओका अनुसार नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना दर हाल ३० प्रतिशतभन्दा कम छ ।  जबकि उच्च आय भएका देशमा दर ८० प्रतिशतभन्दा बढी छ ।

खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।

“आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ”, उनले भने, “आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।”

आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।