
नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् ।
नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।
सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको उन्नतिका लागि आफूहरूले के त्याग गर्नुपर्ने हो त्यसका लागि तयार रहेको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ मन्तव्य जारी गर्दै उनले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा दुई नेपाली सुरक्षा अधिकृत पुगेका छन् ।
दिल्लीस्थित नेपाली दूतावासले नेपाली छात्राको मृत्युपछि उत्पन्न परिस्थितिले समस्यामा परिरहेका नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने जिम्मेवारी दिएर उनीहरूलाई खटाएको हो ।
कलेजको होस्टलमा पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका छन् । दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन्।
टोलीले विद्यार्थी कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्नेछ । आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
भारतको ओडिसा राज्य सरकारले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारबारे छानविन गर्न उच्चस्तरयि जाँचबुझ समिति गठन गरेको छ ।
मुख्यमन्त्री मोहन चरण माझीको अग्रसरतामा राज्यसरकारले गठन गरेको समितिले विद्यार्थीमाथि भएको दुव्र्यवहार तथा शक्तिको दुरुपयोगको जाँचबुझ गर्ने जनाएको छ । मुख्यमन्त्री माझीले सोमवार विश्वविद्यालयको अनुगमनसमेत गरेका थिए ।
ओडिसा राज्यसरकारको सूचना विभागद्धारा मंगलवार जारी विज्ञप्ति अनुसार जाँच बुझ समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिब, महिला तथा वाल विकास विभागका सचिब, उच्च शिक्षा विभागका अधिकारी सम्मिलित जाँचबुझ समिति गठन भएको छ ।
‘समितिले विद्यार्थीमाथ विश्वविद्यालय प्रशासनबाट भएको शक्तिको दुरुपयोग समबन्धी छानविन गर्ने र उनीहरुलाई कानूनीरुपमा जबाफदेही बनाउने छ’ सूचना विभागको विज्ञप्तिमा भनिएको छ ,‘राज्य सरकार विद्यार्थीहरुको सुरक्षा, सम्मान एवं हकहितका लागि कार्य गर्न प्रतिबद्ध छ । निस्पक्ष र शीघ न्याय सुनिचित गर्न आवश्यक सबै कदम चालिनेछ ।’
काठमाडौँ । वडा सचिवमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ ।
आफ्नै वडाका सचिव नवीन भुसालमा माथि कुटपिट गरेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए ।
किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार कुटपिट र अभद्र व्यवहारमा १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरित सामाजिक संजालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभागिय कारबाही गरेको छ ।
उनीहरुले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्विर खिची व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए ।
बलकाे मुख्यालयले सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, बरिष्ठ हवलदार ६ जना, हवलदार ३ जना, सहायक हवलदार ९ जना, जवान ९१ र परिचर २ जनालाई कारबाही गरेकाे हाे । उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराईएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरुमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कारबाही गर्दै आएको छ । संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सामाजिक संजालमा अमर्यादित ढंगको तस्विर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरुमाथि विभागिय कारबाही गरी सोको विवरण यथासिघ्र खुलाई पठाउन मातहत कार्यालयहरुलाई निर्देशन दिएको छ ।
फागुन ४ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचारगर्दै कारबाही गर्न भनिएकाहरुमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना, र जवान २१ जना रहेका छन् ।
भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि उनका बुवा सुनिल लम्साल घटनास्थल पुगेका छन् । विश्वविद्यालय र प्रहरी–प्रशासनसँग उनको कुराकानी भएको छ ।
भारतीय मिडियासँग कुरा गर्दै सुनिलले आफ्नो छोरीको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न अपिल गरे । ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना आफूले पाएको उनले बताए । लम्सालले भने, ‘हामीलाई यति सूचना छ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन । आधिकारिक रुपमा अरू केही पनि भनिएको छैन ।’
आफू आएपछि युनिभर्सिटीले राम्रो समन्वय गरिरहेको उनले बताए । ‘हिजो युनिभर्सिटीसँग कुरा भएको थियो । उनीहरूले आधिकारिक त केही पनि बताएनन् । तर कोअपरेट गरिरहेका छन्,’ लम्सालले भने, ‘प्रहरी–प्रशासनले पनि सहयोग गरिरहेको छ ।’
सोही कलेजमा अध्ययन गर्ने प्रकृतिका दाइ पर्ने सिद्धान्त सिग्देलले घटनापछि उनलाई फोन गरेका थिए । खबर पाउनासाथ आफू तुरुन्तै हिँडेको लम्सालले बताए ।
‘उसको दाइ पनि यहीँ पढ्छ । उसले फोन गरेर छिटो आउनुस् भन्यो । डेथ भएको भनेर चाहिँ भनेन । आउनुस् मात्र भन्यो । हामी निस्किहाल्यौँ । अस्ति साँझ ५ बजे चाहिँ मृत्यु भइसकेको भनेर थाहा भयो ।’
तपाईँहरूको माग अब के छ ? भन्ने पत्रकारको प्रश्नमा लम्सालले दोषीलाई कारबाही हुनुपर्ने बताए । ‘प्रहरीले एक जनालाई समातेको छ । सायद उसैको कारणले होला । फेरि पुलिस–प्रशासनसित कुरा हुन्छ । त्यसपछि थाहा होला । छोरीको ल्यापटप, मोबाइल, डायरीहरू फरेन्सिकमा लगेको छ । त्यसबाट पनि धेरै कुरा थाहा होला ।’ उनले भने ।
यहाँको कानूनी प्रक्रिया सकेर छोरीको शव नेपाल लैजाने उनले बताए । ‘लिएर त जानै छ । तर प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने प्रयास छ ।’ उनले भने ।
घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेकोमा उनले दुख व्यक्त गरेका छन् । लम्सालले भने, ‘नेपाली विद्यार्थीलाई लखेटेको रहेछ । यो ठिक होइन । चाहिएको बेलामा आउनुस् भन्ने, केही घटना हुनासाथ जानुस् भन्ने । टाढाबाट आएका छन् । उनीहरूलाई जान गाह्रो हुन्छ । यस्तो गर्नु हुँदैनथ्यो । हामी न्याय चाहन्छौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
सहकारी ठगी प्रकरणमा उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको छ । अदालतमा आज उनको पहिलो तारेख रहेको बताइएको छ ।
यसअघि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दाको थुनछेक आदेश आएपनि सुनुवाइ भने जारी छ ।
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड लिलम्बनमा परेका छन् ।
केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।
‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ ।’
त्यस्तै, कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम् प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ,’ विज्ञप्तिमा भनिएको छ ।
बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो ।
सोही कलेजमा अध्ययनरत विद्यार्थीले मानसिक यातनाका कारणले लम्सालको मृत्यु भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् ।
लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बम्जनविरुद्ध करिब साढे आठ करोड रुपैयाँ बिगो दावी गरिएको छ ।
बम्जनविरुद्ध सोमबार सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायण प्रसाद घिमिरेका अनुसार कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । बम्जनविरुद्ध आठ करोड ५९ लाख रुपैयाँ बिगो दावी गरिएको छ ।
बम्जनविरुद्धको बाल यौनशोषणको मुद्दा अदालतमा विचाराधीन छ । बाल यौनशोषणको मुद्दामा काठमाडौंस्थित घरमा खानतलासी गर्दा बम्जनबाट नगद बरामद भएको थियो ।
बम्जनको साथमा ठूलो नगद बरामद भएपछि विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा छानविन अघि बढाएको थियो ।