२०८३ जेष्ठ १२ गते मंगलवार
२०८३ जेष्ठ १२ गते मंगलवार

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालक कुटपिटको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आज (शुक्रबार) देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ । उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकहरूमा यातायात बन्दको आह्वान गरेका हुन् ।

घाइतेहरूको उद्धार तथा उपचारको सहजीकरणको लागि फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी नो केबलकार’ पक्षधरहरू आन्दोलनकारीले तोडफोड र चालक कुटपिट गरेको घटनाको विरोधमा यातायात बन्दको आह्वान गरेका हुन् ।

मे.१ ज २५७९ नम्बरको सवारीका घाइते चालक ४३ वर्षीय राजकुमार पौडेलको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बाहिरी जिल्ला रेफर गरिएको छ । ताप्लेजुङ जिल्ला अस्पतालका डाक्टर प्रणाम जैरुले यहाँ उपचार सम्भव नभएपछि पौडेललाई रेफर गरिएको जानकारी दिएका छन् ।

पाथीभरा यातायात सेवा प्रालिका ताप्लेजुङ, पाँचथर, इलाम र झापाका संयोजकहरूले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा तोडफोड र कुटपिटमा संलग्नलाई कारबाही, घाइतेको उपचार र सवारी साधनको मर्मतको माग गरिएको छ। उक्त माग पूरा नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी बन्दको घोषणा गरिएको छ ।

मुक्कुमलुङ पदयात्राको अन्तिम दिन बिहीबार ‘नो केबलकार’ पक्षधरहरू निर्माणाधीन बेस स्टेसनतर्फ जान अघि बढेपछि भएको झडपमा १३ जना घाइते भएका थिए । घाइते पक्षको उद्धारका लागि फुङलिङबाट गएको रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू र इन्सेक प्रतिनिधि एलिना दियाली चढेको सवारी आन्दोलनरत पक्षले तोडफोड र चालक पौडेललाई कुटपिट भएको रेडक्रस सभापति गुरुङले बताए ।

घाइतेमध्ये सुरक्षाकर्मीतर्फ ११ जना, आन्दोलनरत पक्षतर्फ एक जना र सर्वसाधारण एक जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीको तर्फबाट ७ राउण्ड अश्रुग्याँस प्रहार गर्नु परेको छ । मुक्कुमलुङ पदयात्राको टोली केबलकारको निर्माणाधीन बेस स्टेसन भन्दा करिब २० मिनेटको दूरीमा रहेको क्षमा पूजा स्थलबाट केबलकार बेस स्टेसनतर्फ अघि बढेको थियो ।

बेस स्टेसनको भित्री भागतर्फ प्रवेश गर्न खोजेका आन्दोलनरत पक्षलाई रोक्ने प्रयासको क्रममा ढुङ्गामुढाको अवस्था आएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्याँस प्रहार गर्नु परेको स्थानीय सुरक्षा स्रोतले जनाएको छ । आन्दोलनरत पक्षले बेस स्टेसन क्षेत्र आसपासमै कोणसभा गरेर बेस स्टेसन क्षेत्र नछाडेपछि राति जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू घटनास्थलतर्फ गएका थिए ।

क्षमा पूजाका नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्रसिंह थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरू त्यहाँ पुगेको दाबी प्रशासनले गरेको छ। भाषण सकिएपछि सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगामुढा गरेपछि अश्रुग्यास प्रहार गर्नु परेको प्रशासनले जनाएको छ।

रातिको केबलकार क्षेत्रमा रहेको केबलकार निर्माण कम्पनीको स्काभेटर निर्माणस्थलबाट काफ्लेपाटीसम्म फर्काइएको छ । आन्दोलनरत पक्षले निर्माण उपकरण र निर्माण क्षेत्रमा रहेका कामदार फिर्ता हुनुपर्ने माग राखेका थिए । केबलकार निर्माण क्षेत्रमा रहेको स्काभेटर काफ्लेपाटीमा रहेको पर्यटक प्रहरी सहायता केन्द्रको नियन्त्रणमा राखिएको छ ।

 पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ ।

बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज (फागुन ९ गते)देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पाँच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो । यो खण्ड आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल)को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको पाण्डेले उल्लेख गरे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचको साथमा कार्य प्रारम्भ गर्नुहोला। अरुको विश्वासमा कुनैपनि कार्य अधुरो नछोड्नुहोस्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा प्रतिष्ठा बढ्नेछ। प्रतिष्ठित कार्य प्रारम्भ गर्ने समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्ला। आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। समाजमा अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। सन्तानको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा नियमित दिनचर्यामा बदलाव हुनाले मन प्रसन्न रहनेछ। बच्चाहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। नयाँ प्रेम प्रसंगमा अविश्वासको भावना जागृत होला, सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक सद्भावनामा कमी आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीसँग सल्लाह महत्वपूर्ण रहनेछ। सवारी साधनमा धन खर्चका योग छन्। विद्यार्थी वर्गहरूले पढाइमा लगनशीलताको कमी आउन नदिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। पुराना उपलब्धि नोकरी वा पेशामा पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनैतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्न सक्छ। कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सक्नुहुनेछ। विद्यार्थीलाई अध्ययन अध्यापनमा नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। कार्यक्षेत्रमा आत्मविश्वासले गर्दा अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा जोखिम लिदा हानी नोक्सानी हुन सक्ला। वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राखेर कार्य गर्नुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समय अनुकूल हुनाले कार्य गर्नमा सहज हुनेछ। अध्ययनमा ध्यान केन्द्रित गर्नुहोस्। नयाँ उपलब्धिहरू प्राप्त गर्न सकिएला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा आफूलाई स्थापित गर्नको लागि नयाँ सम्झौताहरू गर्नुपर्ला। आफ्नो प्रतिभालाई निखार्नमा सफल भइनेछ। इच्छाअनुसार समयको व्यवस्थापन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समय अवस्था बुझेर आफूलाई चलायमान बनाउने प्रयास गर्नुहोस्। धर्मकर्ममा रुचि बढ्नुको साथै धार्मिक यात्राका योग छन्। शैक्षिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

 
 
 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन्।

नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन्। बालेनले ट्रम्पलाई हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवाद दिएका हुन्।उनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए।

शाहले लेखेका छन्

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।